• बैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिकटिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिनेदिपेन्द्र सोनाम भए द फ्लीक मोडलको बिजेताप्रिती र राजेशको नयाँ तिज गित 'भेलु बाजे डान्स' सार्बजनिक(भिडियो सहित)मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमानेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।हेर्नुहोस् आज मिति २०७९ साउन २३ गते, साेमवारको राशिफलपर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनपछिल्लो २४ घण्टामा देशभर ५५३ जना कोरोनाभाइरस संक्रमित थपिएआईतवार नेप्से सूचक १०.२७ अंकले बढेर २१२३.८३ बिन्दुमा

    पदक विजेता सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलवार १८:०३

    काठमाडौ ।जर्मनीमा भएको चेम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडीलाई नेपाल गोजुरियो कराते डो संघले मंगलबार सम्मान गरेको छ ।
    अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा नेपालबाट ३ पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालले ४ स्वर्ण र २ कांस्य जितेको थियो । तीनै खेलाडीले दोहोरो पदक जितेका थिए ।
    मन्डेकाजी श्रेष्ठले सिनियर एकल काता र ३० वर्षमाथि उमेरसमूहको एकल कातामा गरी २ स्वर्ण जिते । मन्डे १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता हुन् । मुकुन्द्र महर्जनले कुमुतेको ३० वर्षमाथि स्वर्ण तथा ७५ केजीमा कांस्य हात पारेका थिए । मुकुन्द्र १३ औं सागका कांस्य विजेता हुन् । सुमन तिमल्सिनाले एकल कातातर्फ आफ्नो उमेरसमूहमा स्वर्ण तथा सिनियरमा कांस्य प्राप्त गरेका थिए ।
    उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्रविक्रम लाखे, नेपाल गोजुरियो कराते डो संघ तथा एसियाली गोजुरियो कराते महासंघका महासचिव विआर मित्रले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा नेपाली टोलीका अफिसियल स्वच्छम गुरुङ पनि प्रशंसा पत्रबाट सम्मानित भए । पदक विजेता तीनै खेलाडीलाई प्रोत्साहन स्वरुप ट्रयाक सुट पनि प्रदान गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु