• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    पछिल्लो २४ घण्टामा देशैभरी ७९२ जना कोरोना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलवार १८:२९

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ७९२ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९,६१९ नमुना परीक्षणमा ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा ९१० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । थप ९१० जना संक्रमणबाट मुक्त भएसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ७७ हजार ७४१ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । पछिल्लो थप १४ जनासहित हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार २५७ पुगेको छ ।

    मन्त्रालयका अनुसार हाल देशैभरीका होम आइसोलेशनमा १३ हजार ४५९ जना र विभिन्न संस्थागत आइसोलेसनमा रहेका १०९५ जनासँगै देशैभरी १४ हजार ५५४ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३०६ जना आइसीयु र १०२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    त्यसैगरी नेपालमा हालसम्म ८३ लाख ८१ हजार ७१० जनाले पहिलो मात्रा र ६४ लाख ६८ हजार ७७५ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । साथै पछिल्लो २४ घण्टामा ६९ हजार ८२४ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयको विवरणमा उल्लेखछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु