• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    डायस्पोरामा रहेका नेपालीहरुको अनुभवमा महान पर्ब दसैं”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार १०:४१

    यस बर्ष पनि हाम्रो वरपर फेरी ठुलो महान चाड दसै हर्षोल्लासका साथ घर आँगनमा छुट्टै रौनक,आस्था सद्भाव को प्रतिक लिएर आएको छ।बिशेष गरी दसै आम नेपालीहरु दु:ख,पिडा भुलेर परिवार,नाता गोता सँग खुशीको समय बिताउने क्षण हो।,शहरबाट गाउँ जानेको लर्को लाग्न थालेपछि दशैँ आएको आभाष हुन्थ्यो। चिटिक्क पोतिएको घर, नयाँ कपडा अनि मिठो खानेकुराले दशैैँको सुगन्ध ल्याउथ्यो ।अझ, लिङ्गे पिङको चुचुहुई र आकाश भरी उड्ने रंगबिरंगी चङ्गाले दशैँको रौनकमा थप रङ् भथ्र्यो।प्रबिधीको बृद्धि सङ्गै यस्ता चाड पर्ब मानने तौर तरीकामा समेत आजकल फेरबदल देखिएको भए पनि दसै नेपालीको लागी आपसमा शुभकामना साटा साट गर्ने,आपसी सद्भाव,मेलमिलाप भाईचारा र अनेक किसिमका रमाइलो गर्ने गरी मनाउने परम्परा रही रहदा डायस्पोरामा रहेका नेपालीहरु के कसरी मनाउने गरेका छन त उहाहरुको अनुभव समेटने प्रयास गरेका छौ।
    प्रस्तुति-सचिन्द्र श्रेष्ठ


    -छमन मगर,हाल यूएई

    करिब ३ बर्ष भयो आफ्नो देश अनि आफ्नो जन्मभुमी छोडेर आएको अनि तिनवटा दशैँ यो पराई मुलुकमा बिते खोइ दशैँ पनि दशैँ जस्तो लाग्दैन गाउँमा साथी भाइ इस्टमित्र भेटिन्थे र पो दशैँ आएजस्तो लाग्थ्यो अनि घर परिवार सँगै टीका जमरा रमाउदै लाईन्थ्यो र पो दशैँ आए जस्तो लाग्थ्यो तर यहाँ यो तिनबर्षले धेरै कुरा दुखले याद गरायो अनि थोरै सुखले भुलाईदियो यो दशैं तिहारमा परदेशमा बस्ने कस्को मन पो नरुने होला र यसम म पनि अछुतो रहिन दशैँमा छोरो घर आएन भनेर गाउँमा आमा बाबा रुदै होलान छोरोले पर्देशमा आँसुलाई पनि पसिनामा बदलेर ५५ डिग्रीको घाममा साथि भाईको अगाडि त्यो मधुरो मुस्कान मुस्कुराई रहेको होला के गर्नु याद आउँछ दशैमा लगाईने त्यो पिङ अनि फुलपातिमा काटिने बोका अझबढी त्यो दशैंको मेला खुब याद आउँछ जान सक्ने भएत भर्खरै उडेर जान मन थियो खैँर जे भएपनी……..। स्वदेश तथा बिदेशमा बस्नुहुने सम्पुर्ण दाजुभाई दिदिबहिनीमा बिजय दशमिको हार्दिक मङ्गलमय शुभकामना।


    सन्तोष पाठक,हाल अस्ट्रेलिया
    सामुहिकतामा रमणिय हुने चाडपर्ब मध्य बडा दशै पनि एक हो ।आफ्नै घर परिवार इष्ट मित्र छर छिमेक बिच हार्दिकता माया र सद्भाव साटा साट गरेर पिङ सेल रोटी र जमरा सँग ठुला बडा बाट लिइएको आशिर्बादको महत्वनै फरक हुन्छ ।एक दशक देखि अष्ट्रेलियालाई कर्म भुमी बनाउदै आए पनि यसपालीको दसैं गत बर्ष भन्दा केहि फरक तरिकाले मनाउने हो। कोभिडका कारण गत बर्ष खासै उल्लासमय हुन नसकेकोले अष्ट्रेलिया को माहोल यसपाली केही फरक बनिरहेको छ । साधारणतय हिन्दू महासँघ परिवार भजन मन्डली नेपाली गैर आवसिय सँघ परिवार तथा नेपाली दिदी बहिनी परिवार सँग आबद्द्तामा रहेर बिगतका केही दशैहरु हर्शोउल्लास पूर्ण बनेता पनि सानो ब्यापारिक समुह सँग आबद्द्ता जनाउदै टिका ग्रहण गर्ने योजना रहेको छ।आफ्नै परिवारका ठुला बडा सदस्य हरुको आसिर्बाद लिन नपाएनी आफु भन्दा उमेर ले जेठा दाजु दिदी हरु सँग टिका ग्रहण गर्दा पनि प्रदेसमा बडा दशैको सम्मान हुने र घर को सम्झनामा कमी आउने छ। बिशेषत:आफ्नै घर सानो जमघट बिच टिका आदन प्रदान गर्ने र नेपाली ब्यापारिक समुह सँग सामुहिक टिका टाला कार्यक्रममा सरिक हुने र आफ्नै नेपाली परीकार सँग रमाएर दसैं मनाउने सोच छ।

    -सुनील पौडेल, हाल अमेरिका

    दसैं तिहार आइसके खै यो साल पनि घर गइ भएन प्राय सबै प्रदेशीका बिलौना हुन यि, कामको चाप, परिस्थिती सबै बाधक हुदा बर्षो सम्म आफ्नो परिवार संग चाडपर्ब मनाउन नपाउनुका पिडालाई भुल्न बिदेशमै भएका साथीभाइ यसो रमाइलो गरौ संगै बसौ भनेर २-४ दिन समेत छुट्टी नपाउदाको पल अझ कति पिडादायी होला |बिदेसीनु बाध्यता रहे पनि चाड पर्ब आउदा घर परिवार सँग टाढा बस्दा खल्लो महसूस हुने गर्दछ। अध्यारो पछी उज्यालो आउछ भन्ने आशामा बस्नु बाहेक अर्को बिकल्प देखिन्न प्रदेशीहरुका लागि चाडबाड |तसर्थ प्रबासमा रहे पनि खुसीका साथ आत्मीय साटा साट गरी मनाउनेमा आफु रहेको बताए।

    -कृष्ण बिक्रम भण्डारी, हाल साउदी अरब

    लगातार ८ वर्षसम्मको महान चाडले वेलामा प्रदेशमै रहिरह्ँदा, मन मुटुमा खुसी,उमङ्गको आभाष उत्पन्न गराउने गर्दछ।यस वर्षको दशैँ परिवार तथा आफन्तसङ्ग धुमधामले मनाउने सोँच भएरै प्रदेश वाट स्वदेश फिर्ति हुनकै लागि कम्पनिमा छुट्टिको प्रकृया अगाडि बढाएको थिएँ।विडम्बना, कम्पनिले छुट्टि नपठाउने भएपछि, यस वर्षको दशैँ विदेशमै अलपत्र भएको छ्।यो दशैँमा साथिभाईहरु मिलेर खसि काट्ने र रमाईलो गर्ने योजना त छ्।तर,यहि दशैँको दिनहरुमा आफ्नै दैनिकि ड्युटिमा ४ घण्टा दैनिक तालिमको समय तालिका थपिएको छ जस्ले गर्दा यो महान चाड मेरो लागि जतिसुकै खाने र लगाउने गरिएपनि खासै उमङ्गमय नहुने र घरपरिवार तथा आफन्तको अभाव निकै खड्किने पक्का भएको छ।यसरिनै अहिलेको दशैँलाई विदा गरिने र आगामी चाड पर्ब परिवार सँग बसेर मनाउने बिचार छ।

    -अर्जुन पौडेल,हाल भारत

    परदेसी हु मेरो लागि न दशै न तिहार आउछ। मलाई त जब म मेरो मातृभुमिमा प्रबेश गर्छु तब हमेशा दशै तिहार आउने गर्छ।त्यसैले यो दशै तिहार भन्ने कुरा परदेशमा त्यति सम्झन मन लाग्दैन।किनकी यो मन यो मुटु हरपल मेरै मातृ भुमिको लागी धड्किने गर्छ।बिहानिको मिर्मिरे हुन नपाउदै अनि रात झमक्कै परेपछी पबेलियनमा फर्किने यी मेरा दिनचर्याहरुले मलाइ दशै के हो तिहार के हो भनेर सोधी रहन्छ्न।म जवाफ दिनेगर्छु- यी मेरो लागि सपनाहरु हुन जो हरेक रात हरु मा आउने गर्छन अनि मिर्मिरे मै एक्लो बनाएर जाने गर्छन।
    मेरो लागि जे जस्तो भएपनि मेरा हरेक सहयात्रीहरुलाइ यो दशै तिहारको अविरल शुभकामना यी महान पर्बहरु बर्षमा एकपल्ट मात्रै हैन कि बार बार आउने गरून्।हरेक सहयात्रीहरुको जिन्दगी सबल सुखद र मंगलमय रहोस भन्ने कामना गर्न चाहन्छु।

    -गोपाल गिरी,हाल दक्षिण कोरिया

    भबिष्यको चिन्ता र आफ्ना घर परिवारको याद आई रहदा किन कुन्नि आफूलाई यी चाड पर्बहरु नआए पनि हुने जस्तो लाग्ने तर बर्षको एक पटक आउने यी पर्बले मलाई कता कता साथीहरु मिलेर घर आँगन सजाऊन नजिकैको गाउमा गएर रातो माटो र कमेंरो लिएर आएको हिजो जस्तो लाग्छ।तर अहिले सात समुन्द्र पारी बस्दा यी दशैका बेला गुँजिने मालश्री धुनले मनमा एक किसिमको तरङ्ग, उत्साह र जागर पैदा गर्दछ।बिदेसमा बसेर राम्रो सँग घर परिवार सँग दशै नमानेको बर्षो भयो ।यो बर्ष आउछु आमा,अर्को बर्ष आउछु आमा भनेर बहना बनाएर पन्छिएको धेरै भयो।तर पनि आफूलाई सम्हालन कोरोनाको जोखिमलाई मोलेर बाहिर कार्यक्रम पनि नभएकोले घरमा बसेर साथी सँग मनाउने बिचार गरेको छु।

    -पोषण पुन,हाल पपुवा न्यूगिनी

    बिगत केहि बर्ष देखि म यहाँ ब्यबसाय गर्दै आई रहेको छु र एन आर एन सँग पनि आबद्ध रहेको छु।बिगतमा केहि कार्यक्रमहरु गरिएको थियो।तर २ बर्ष यता कोविडका कारण कार्यकम र म स्वयं पनि काम ब्यस्तताका कारण दशै नमानेको धेरै भयो।दशैको नाम सुन्ना साथ आफूलाई गाउमा हुदा पिंङ खेलेको,घरमा आमाले सेल रोटी बनाएर खुवाएको झलझलि आँखा अगाडि नाचेको अनुभूति हुन्छ।अहिले यहाँ आए पछि काममा नै बढ़ी ब्यस्त हुने र यहाँ नेपालीको संख्या पनि अत्यन्त न्यून रहेको हुदा त्यति चहलपहल देखिदैन त्यसैले पनि अहिले हाम्रो परिवार बिचनै रहेर दशै मनाउने सोच गरेको छु।

    -प्रतिमा श्रेष्ठ,हाल जापान

    सधै नेपालमानै मानिरहेको यो चाड यस पाली पहिलो पटक जापानमा मान्दै छु।अहिले सम्म कहिले पनि घर परिवार बाट टाढा रहेर नमानेको यो पर्ब आज यसरी मान्नु पर्दा आफूलाई अत्यन्त गारो महसूस भएको छ।दशैमा नया लुगा लगाउने,रोटी खाने,पिंङ खेलने गरेको त्यों पल अहिले आफूलाई कहाली लागेको अनुभूत भएको छ।घरमा बुवा,आमा,दीदीहरु सँग मिलेर दशै मानेको तिहारमा साथी मिली भैली खेलेको अब सम्झना मात्र सिमित भएको ठानेकी छु।बिरामी आमाको यस पाली हात बाट टिका लगाउने र आशिर्बाद ग्रहण गर्ने सपना जस्तो भयो।सधै हजुरबुवा र आमा बुबाले माया गरी लगाएको त्यों टिकामा यो निधार यस पाली खाली हुने भएको छ।उच्च शिक्षा र यहाँको रोजगारीले भबिष्यको चिन्ता त छ दै छ त्यही पनि आफनो पिडा लुकाएर घर परिवारलाई सुख र शान्ति देखिन सकोस भनेर नै लागी परेकी छु।हर्ष ,उत्साह,जोश,उमङ्गका साथ मानने गरेको यो पर्ब म बिना अरु सबै परिवार एक साथ बसेर रमाइलो गर्ने धोका अधुरो रह्यो तहि पनि यहाँ आफु सँग साथमा रहेका साथीहरु सँग बसेर रमाइलो गर्ने रहेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु