• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    दुर्गा पूँजाको नवौ दिन सिद्धिदातृ भगवती पूजन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार ०६:५१

    दुर्गा पूँजाको नवौ दिन सिद्धिदातृ भगवती पूजन

    नेपाल नमूना बनोस

    पसिना पोखि यो देश बनाउने ठूलो तप
    नौ दिनै छ पुग्यो आज संसारी देविको रुप
    देखाउ शक्ति संहार गर्ने अतिक्रमी जति
    लिुपलेख छिरी काट्यो तुईन मानिस भो खति ।। १ ।।

    अपराध गरि लुट्यो हाम्रो भूमि जता ततै
    पूर्व तिष्टा निचोरेर सतलज पुगि कतै
    कोट्याउदै छ यै माटो किन हो देव भूमिको
    त्यस्को दशा बनि जाला खुकुरीले गिडिएको ।। २ ।।

    द्यौ शक्ति दुर्ग की माता छपा छप गरि गिडौ
    पुग्ने ताकत द्यौ आज तिष्टा देखि छिटै हिडौ
    गाड्छौ मौलो पुगि फेरी काँगडा विरको धरा
    देवि मन्दिर नेपाल पार्दछौँ यो हरा भरा ।। ३ ।।

    अन्न औषधी फलाई पालिन्छन विश्व मानव
    आशिष द्यौन यै देवि संसार जित्द छौँ अव
    माटो अमृत हो पानी पोखि रोपिन्छ पौरख
    हुर्किदै विरुवा फेरी फल्छ संञ्जिवनी रुख ।। ४ ।।

    हे सिद्धिदात्रि त्यै रुख प्राणीमा भर्छ ताकत
    प्रवेश दैवि शक्तिको झाँगियोस जनता सित
    नेपाल विश्वशान्तिको शुद्ध पुञ्ज बनि रहोस
    प्रचण्ड शक्तिले यौटा नेपाल नमूना बनोस ।। ५ ।।

    बाबाधामको कोसेली २८ आश्विन २०७८
    शिव अधिकारी तथा बाबाधाम परिवार
    बाबाधाम कोटेश्वर काठमाण्डौ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु