• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    विजया टिका र आशिरवाद लिने दुर्गा पूजाको दशौँ दिन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार ०७:१५

    विजया टिका र आशिरवाद लिने दुर्गा पूजाको दशौँ दिन

    धर्ति सिगार्नु छ यो

    अग्लो पर्वत हिमको शिखरमा बस्छन शिव पार्वती
    हो यो लोक शिवालय छ युगको आधार मान्छन कती
    ब्रह्माको तप भूमि दिव्य छ धरा पतञ्जली यै थिए
    देवीको जब शक्ति पाई दुनिया संसार हाक्ने भए ।। २ ।।

    सिता उत्पतीको कथा छ गहिरो आदर्श नारी भनि
    पूजित छन सबकी सदा समरकी जाज्वल्यताकी धनि
    गार्गी दर्शनकी प्रख्यात महिमा गाएर सन्छि र
    सारा शक्तिछ देवीको समरमा वैरी कहा टिक्छ र ।। ३ ।।

    आशुतोष स्वयं उदार दिलका प्राणीहरुका प्रिय
    नन्दी वाहन छन त्रिशुल छ स्वयं आफु त नांगा थिए
    खाने भांग र औषधीय वनको बुट्टिहरु खोज्दछन
    कैल्यै लोभ रहेन सम्पत्ति कतै संसार नै हाक्दछन ।। ४ ।।

    यस्तैमा युगलाई शक्ति सुरले ढाकेर पालन गरि
    मान्छे भित्र अनेक विकृती भए मानेर शत्रुसरी
    जित्नु पर्छ सधै पवित्र मनले प्राणी सबैको घर
    आफै भित्र छ दुष्टता प्रबृतिको फालौ सजिलै पर ।। ५ ।।

    नासै गर्नुछ दुष्ट दैत्यहरुको होस तारका त्यो शुर
    त्रिपुर्भेदन शिवको विजय हो मान्छन सबै घर्घर
    रावणलाई लतारी राम यही नै सच्चा विजेता वने
    आफ्नै दुष्ट मति हटाउ सबले संसार हाक्छौ भने ।। ६ ।।

    कोभिड आँउछ दुष्ट यो छ कतिको ज्यानै लियो आखिर
    कैले चल्दछ आँधि कम्प भूमीको यस्मै छ हाम्रो पिर
    खिचा तानी छ राजनीति नमूना बन्दैनकी बस्ति यो
    पौरख मात्र सिकाई द्यौ न जननी धर्ति सिगार्नु छ यो ।। ७ ।।

    बाबाधामको कोसेली २९ आश्विन २०७८
    शिव अधिकारी तथा बाबाधाम परिवार
    बाबाधाम कोटेश्वर काठमाण्डांंै

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु