• युरोपेली मुलुकबाट मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीलाई मान्यता प्राप्तनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैForget Imaginary Heavenशिल्पीको “ठुला माछा – साना माछा” को बालाजु वाईपासमा प्रदर्शनीआज २०७८ मंसिर १८ गते, शनिवार, तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफलराप्रपाको एजेण्डालाई देशव्यापी रुपमा लाने भन्दै केन्द्रीय सदस्यमा उठे देवेन्द्र प्रधानकार्कीको २ सय २५ किलोमिटर दौडप्रकाशको मिश्रित प्रदर्शनगोल्डेनगेटलाई सफलताराष्ट्रिय अपाङ्ग कोषको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तराष्ट्रिय दिवस सम्पन्न

    दशै पछि प्रकृतिसंग एकछिन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ आश्विन २०७८, आईतवार ०७:१२

    दशै पछि प्रकृतिसंग एकछिन

    कामना बन्न पर्छ

    पानी बर्षिन्छ भारी झझर गरि मेघको तृप्ततामा
    लटरम्मै फलेको फल नुहिन गै बृृक्ष हाँगा हाँगामा
    आफ्नै बाटो दिन दिन सबै लाग्दछन प्राणी मात्रै
    केले खोज्छन मनुजहरु चै हिड्दछन यत्र तत्रै ।। १ ।।

    बिग्य्रो पानी दुषित हुन गै प्राण भर्ने बतास
    थुप्य्रो खोला बगर भरि नै गन्ध दुर्गन्ध त्रास
    हो मान्छेकै प्रकृतिसंगको खेलले यो भएको
    प्राणी सारा जगत भरिका त्राशमा उल्झिएको ।। २ ।।

    यस्ते बाटो गरि गरि यहाँ कोरोनाको प्रवेश
    ढाक्यो सारा रन बन सबै धर्तिको भो विनास
    बाडि पैरो भूवन भरिको तेज वायु बनेर
    भत्के सारा जीवन भरिका पौरखी ताज हेर
    यस्तो बुझ्दै अब सब मिली प्रकृति पुज्नु पर्छ ।। ३ ।।

    धर्ति बाँचे सजिव मुजुरा फल्दछन अन्न खाने
    प्रकृतिको गतिसंग जुधे युग नासिन्छ माने
    यस्तो जानी अब धरतीको रक्षा सबेले
    धर्तिलाई पूजन गरलौ भन्दछिन देवी ऐले ।। ४ ।।

    दुर्गाजीको पूजन जब भो आज हाम्रै धरामा
    खेति गर्नु सरर पसिना पोखी आफ्नै गरामा
    मान्छेले नै जतन गरदा धर्ति यो बाच्न सक्छ
    कोरोना र अरु बिकृतिको आज नै नास हुन्छ ।। ५ ।।

    जे जे फल्छन अमृत मुजुरा टिप्नु भण्डार भर्नु
    रक्षा होला जीव जगतको काममा लागि पर्नु
    दुर्गाले ऐ बल दिनु भए लाग्छ यो विश्व बन्छ
    सारा प्राणी सुखसग जिउन कामना बन्न पर्छ ।। ६ ।।

    बाबाधामको कोसेली ३१ आश्विन २०७८
    शिव अधिकारी तथा बाबाधाम परिवार
    बाबाधाम कोटेश्वर काठमाण्डौ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु