• विजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ आश्विन २०७८, आईतवार ०९:०४

    काठमाडौँ । विजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारी छ । विजयादशमीको दिन टीका लगाउन छुटेका वा टाढा टाढा भएकाहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ ।

    पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टीका लगाउने प्रचलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा दसैँ मनाइँदै आएको छ ।

    घटस्थापनादेखि नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरेर राखिएको जमरासहितको टीका विजयादशमीदेखि पूर्णिमासम्म लगाउने प्रचलन रहेको छ ।

    यसैबीच दसैँको अवधिमा बन्द रहेका सरकारी कार्यालयहरू आजबाट खुल्दै छन् । फूलपातीको दिनदेखि ५ दिनसम्म दसैँ बिदा मनाएकाहरू आजबाट नियमित काममा फर्किने छन् । पर्व मनाउन आ-आफ्नो पुर्ख्यौली थलो गएकाहरू पनि काठमाडौँ फर्कने क्रम सुरु भइसकेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु