• युरोपेली मुलुकबाट मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीलाई मान्यता प्राप्तनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैForget Imaginary Heavenशिल्पीको “ठुला माछा – साना माछा” को बालाजु वाईपासमा प्रदर्शनीआज २०७८ मंसिर १८ गते, शनिवार, तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफलराप्रपाको एजेण्डालाई देशव्यापी रुपमा लाने भन्दै केन्द्रीय सदस्यमा उठे देवेन्द्र प्रधानकार्कीको २ सय २५ किलोमिटर दौडप्रकाशको मिश्रित प्रदर्शनगोल्डेनगेटलाई सफलताराष्ट्रिय अपाङ्ग कोषको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तराष्ट्रिय दिवस सम्पन्न

    राष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराज

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ आश्विन २०७८, आईतवार १७:४६

    काठमाडौं, ३१ असोज । युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज (अथक) ले केही दिनभित्रै समग्र खेल क्षेत्रको विकासको लागि नयाँ सोच र भीजन सार्वजनिक गर्ने बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले नवनियुक्त मन्त्री गहतराजलाई सम्मान तथा बधाई र सफल कार्यकालको शुभकामना दिन आयोजित अभिनन्दन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने–‘मैले क्लबका सभापति ऋषिजी र उहाँको संस्थाबाट कार्यकाल सफलताको बधाई पाएँ । म तीन दिनमात्रै भयो मन्त्रालयमा उपस्थित् भएको, अहिले नै भनिहाल्ने केही छैन् । मैले परीणाम निस्किने सोच बनाएको छु । म भाषण र गफमा विश्वास गर्दिन् । म कर्मको कारणले नै यो जिम्मेवारीमा आएको छु । सबैको सद्भाव र सकारात्मक सुझाव लिएर युवा क्षेत्रमा जे/जस्तो अवस्था छ, देशमै रहने कुरामा, निराशा र उदासिनता पैदा भएको छ । युवाहरुलाई देशमै केही गर्ने आशा जगाउँछौं ।’

    क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले खेल क्षेत्रमा पनि पछिल्ला केही वर्षयता अपेक्षित सफलता हाँसिल हुन नसकेको पनि सुनाए । उनले भने,‘नर्सरीदेखि नै खेल क्षेत्रलाई कसरी विकास गर्ने भन्ने कुरामा केही सोच बनाएको छु । केही समयपछि यी सोचहरुलाई उपयुक्त समयमा, जब काम गर्ने आधार तयार गरिएपछि भीजन र सोच सार्वजनिक गर्छु । अहिले आधार तयार गर्न लागिरहेको छु ।’

    उनले आफू मन्त्री हुनुभन्दा अघि नै नेपाली फुटबल टिम माल्दिभ्स गएको स्मरण गराउँदै टिमलार्य हौसला प्रदान गर्ने काम भने निरन्तर फोनमार्फत गरेको सुनाए । उनले भने,‘मैले टिमलार्य निरन्तर फोन गरेको छु । गोरखा स्पिरिटमा खेल्न भनेको थिएँ । हाम्रा खेलाडीले देखाएको प्रदर्शनबाट म निराशा छैन् । खेल क्षेत्रमा अझै लगानी गर्ने हो भने यो भन्दा धेरै सफलता प्राप्त गरिन्छ । यही साफको कुरा गर्दापनि धेरै देशलाई पछि पार्दै नेपालले भारतसँग फाईनल खेलेको हो । अहिले सबै निराश हुनुपर्ने अवस्था छैन् । नेपालीहरुको अपेक्षा जितेर आओस भन्ने थियो । भोलिमात्रै हाम्रो टिम स्वदेश फर्किन्छ । राम्रो परीणाम आओस भन्ने हाम्रो कामना थियो । नजितेकोमा म निराशा छैन् ।’ उनले हिजोको फाईनल खेलमा नेपालले भारतलाई लामो अवधिसम्म गोल गर्न नदिएको र खेलमा राम्रो प्रदर्शन देखाएको सुनाए ।

    उनले साफको फाईनलमा भारतसँग नेपालको हारको कारण टिम आएपछिमात्रै थाहा हुने पनि सुनाए । उनले अहिले आफूले धेरै कुरा जानकारी नलिएको पनि स्पष्ट पारे । यसबारेमा एन्फाका पदाधिकारीसँग पनि छलफल हुने उनको भनाई छ ।

    कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले मन्त्री गहतराजलाई अभिनन्दन गरेका थिए । खेल क्षेत्रको विकासकोलागि बनाएको सोच र योजना लागु गर्न आफू र क्लबको तर्फबाट सधैं साथ रहने पनि धमलाले विश्वास दिलाएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु