• विश्व चर्चित पेस्ट्री सेफ सरोज थापा सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार १९:४०

    कात्तिक १,काठमाडौ ।ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपालले कुलिनरीको सर्वोच्च संस्था वल्ड सेफ एसोसिएसनको निर्णायक टिमसम्म पुगेर पेस्ट्री माध्यमबाट संसारभर नेपाललाई चिनाएका विश्व चर्चित पेस्ट्री सेफ सरोज थापालाई सम्मान गरेको छ ।

    थापा सगै यसरी सम्मानित हुनेहरुमा हस्पिटालिटी म्यानेजमेन्ट स्कूल “कोथिना मिठो छ” का कार्यकारी अधिकृत (सिईओ) देवेन्द्र पोखरेल,खाँडादेवी फूडल्याण्ड रेस्टुरेन्ट संचालक तथा एजुकेटिभ सेफ गोपि थापा र रिता परियार छन।

    कार्यक्रममा नागरिक बहुउद्देश्यीय सहकारीको अध्यक्ष बिष्णु प्रसाद अधिकारी सेफ एसोसियसन अफ नेपालको पुर्बअध्यक्ष श्रीराम अधिकारी ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपालका अध्यक्ष सुरेश चन्द्र बस्नेत सचिव रमेश भण्डारीको उपस्थिति थियोे ।

    सेफ थापाले नेपाललाई विश्व सामु चिनाउने कोसिस गरेको बताए । सेफलाई पनि सम्मान गर्ने नेपाली संस्कार बसेको भन्दै उनले खुशी व्यक्त गरे । खानाको क्षेत्रलाई प्राथमिकता दिन सके नेपाललाई धेरै राम्रो बनाउन सकिने उनको भनाइ छ ।

    को हुन ? सम्मानित सरोज थापा-

    नेपालको धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मुलपानीमा बुवा नारायण थापा र आमा चिन कुमारी थापाको कोखबाट मध्यम परिवारमा २०३९ पुष ३ गते जन्म भएको थियो । चार दिदी–बहिनी पछि जन्मनु भएको भएर पनि होला सबैको मायाको पात्रका रुपमा हुर्कनु भयो । गाउँकै महेन्द्रोदय स्कुलबाट माध्यमिक तहको अध्ययन सकेर उच्च शिक्षाका लागि काठमाडौ आउनु भएको थियो । स्कुले जिवनमा पनि राम्रो पढाईका कारण शिक्षक शिक्षिकाहरुले धेरै माया गर्नुहुन्थ्यो । स्कुलमा उहाँ जहिले पनि प्रथम, द्वितिय हुनुहुन्थ्यो र त सबैका प्रिय पनि हुनुहुन्थ्यो । बाल्यकालमा सरोज थापा उहाँका गाउँले र छर–छिमेकीमा पनि निकै प्यारो हुनुहुन्थ्यो किन कि उहाँले गाउँ–गाउँको बाटो र घर–घरमा धारो पु¥याएर सहयोग पु¥याउनु हुन्थ्यो । कहिले आफ्नै हातले मुर्ती कुदेर मन्दिर बनाउनु हुन्थ्यो । सामाजिक कार्यमा भनेपछि सधैं अग्रसर भएर लाग्न रुचाउने बानी उहाँको बाल्यकालदेखि कै बानी हो । स्कुल जिवनमा हस्तकला र चित्रकलामा बिरेन्द्र सिल पनि जित्नु भएको छ । उहाँको बालकला अहिले विश्व चर्चित पेस्ट्री सेफका कार्य सम्पादन गर्न निकै सहज साबित भएको छ किन कि एउटा राम्रो पेस्ट्री सेफ हुनका लागि कला अत्यन्त जरुरी हुन्छ । बाल्यकालदेखि नै कलामा सौखिन भएका कारण नै उहाँलाई यो पेशामा आउन प्रेरित ग¥यो । २०५४ सालमा एस एल सि पुरा गर्नसाथ राजधानी छिर्नु भएका उहाँले सरस्वती बहुमुखी क्यामपसमा रातीको सिफ्टमा भर्ना हुनु भयो । एउटा गाउँबाट शहर छिरेको युवालाई दैनिक जिवन चलाउन त्यती सहज थिएन । दिनमा आफ्नै भिनाजुको पसलमा काम सघाउने र रातमा क्याम्पस पढ्ने गरेर उहाँले प्रबिणता प्रमाण पत्र पुरा गर्नु भयो र कालीमाटीको एक आइसक्रिम सपमा काम पनि पाउनु भयो । काम गर्दै पर्यटन र होटल व्यवस्थापन नेपाल एकेडेमी कलेजमा कुलिनरीमा डिप्लोमा पनि पुरा गरि सांग्रिला होटलमा इन्टर्न शुरु गर्नु थाल्नु भयो । होटल सांग्रिलामा इन्टर्न गर्ने क्रममा एक फ्रान्सेली पहुनाले उहाँको कार्यदक्षता देखेर निकै प्रशंशा गरे र तुरुन्त उहाँलाई मानव संसाधन विभागले बोलाएर अब देखि स्थायी स्टाफको रुपमा नियुक्ती दिएकोमा उहाँको आफ्नो जिवनको करिअरले एक महत्वपूर्ण टर्निङ पोइन्ट सम्झन्छन् ।

    यसरी उहाँले एक्कासी यती राम्रो होटलमा स्थायी रुपमा काम गर्ने मौका पाएपछी केही समय त्यही रहेर सेवा दिनु भयो र साँईलो बुबाको छोरा दाई रण बहादुर थापाको सहायताले पहिलो पटक बैदेशिक रोजगारीको रुपमा सयाम्स होटल अबुदाबी पुग्नु भयो । त्यहि होटलबाट शुरु भएको उहाँको बैदेशिक रोजगारीको यात्रा अहिलेसम्म निरन्तर रह्यो र उहाँको सालिनता, दक्षता, इमानदारी र दक्ष लिडरसिपका कारण दर्जनभन्दा बढी पाँचतारे होटल र आबुदाबी देखी युरोपका फ्रान्स लगायत कैयौं तारे होटलहरुमा आफ्नो दक्षता देखाउने अवसर पाउनु भयो । यो पेशामा उहाँले दर्जनौ गोल्ड मेडल र प्रमाण पत्रले अहिले कलंकीको आफ्नो घरको कोठा सजिएका छन । यती सानो उमेरमा यती धेरै हदसम्मको उपलब्धी हासिल गर्ने नेपाली बिदेशी भुमिमा कमै छन् । उहाँको दक्षतालाई कदर गर्दै विश्वका बिभिन्न देशले उहाँलाई सम्मान गर्दै उहाँहरुको पेशागत संस्था वल्ड सेफ एसोसिएसन (सोसाइटी)ले आजिवन सदस्यता दिलाएका छन् जसका कारण उहाँ हरेक बर्ष युरोपका देशहरु जानैपर्ने हुन्छ । उहाँले यो सफलता चुम्नुमा जिवन संगिनी बुनु खड्काको पनि बिशेष हात छ । उहाँका हरेक सफलतामा उत्साह र उमंग जगाउन उहाँको जिवनसाथी बुनुले हरेक पल–पलको खबर राख्नुहुन्छ र आवश्यकता परेका बेला हरेक तवरबाट सहयोग र साथ दिनु भएको छ । त्यसैले त उहाँ पनि सेफ सरोज कामको शिलशिला जुन–जुन देश पुगे प्राय सबै देशमा पुग्ने मौका पाउनु भएको छ ।

    अहिलेका विश्व चर्चित युवा पेस्ट्री सेफ सरोज थापाको दुर्गम क्षेत्र धादिङको मुलपानीदेखी कुलिनरीको सर्वोच्च संस्था वल्ड सेफ एसोसिएसनको निर्णायक टिमसम्म आइपुग्दा धेरै उतारचढाव भोग्नु भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु