• नेपाल डेन्टल एशोसिएसन द्वारा डा. हुलास सम्मानित ,गुडविल एम्बेसडर घोषणा ।

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार २०:२८

    नमराज भट्ट
    महोत्तरी, १ कार्तिक २०७८

    नेपाल डेन्टल एशोसिएसन महोत्तरी सर्लाही शाखा द्वारा आयोजित सम्मान कार्यक्रममा डा. हुलास अग्रवाललाई विशेष सम्मान दिइएको छ ।

    कोभिड महामारीमा डेन्टल चिकित्सक लाई सहयोग गरेको कारण डा.हुलासलाई सम्मान गरेको हो।सो कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष डा. अजय साहको विशेष अतिथिको आशन ग्रहण गराइएको थियो । प्रदेश सभा सदस्य माननीय शारदा देवी थापाले डा. हुलासले विभिन्न समय बर्दिबासलाई सहयोग गरेको समेत बताउनु भयो ।

    महोत्तरी सर्लाही शाखाका अध्यक्ष डा. कुन्दन शर्मा शेखर, महासचिव डा. सम्भु साह, सल्लाहकार डा. गंगा राम खड्का, अतिथि डा. ऋषि प्रताप साह लगायतको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु