• सन्त पाख्रिन र रीता केसीको ‘पाइन्ट लाउने चाहिँ’ सार्वजनिक (भिडियो)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार १८:३५

    काठमाडौं – गायक सन्तबहादुर पाख्रिन र गायिका रीता केसीको आवाजमा रहेको ‘पाइन्ट लाउने चाहिँ’ बोलको गीत सार्वजनिक भएको छ । लोक दोहोरी भाकामा रहेको गीतमा मोडल सविन तामाङ र याया लामा (लुरी फुच्ची)ले अभिनय गरेका छन् ।

    वेस्टर्न ट्रयाकमा रहेको लोक दोहोरी गीतको म्यूजिक भिडियोमा ‘पाइन्ट लाउने चाहिँ साह्रै मन पर्‍यो’मा युवाहरूको प्रेम प्रसंग र रोमान्स देखाइएको छ ।

    बारा जिल्लाको जैतापुर घर भएका गायक पाख्रिनले यसअघि झण्डै एक दर्जन गीत ल्याइसकेका छन् । ‘नेपाल म्यूजिक एचडी च्यानल’बाट सार्वजनिक गीत नेपाली समाजमा रुचाइने अपेक्षा गायक पाख्रिनको छ ।

    ‘नेपाली लोक संगीतलाई थोरै वेस्टर्न फ्लेवर लिएर गीत प्रस्तुत गरेका छौं, मेरो टीमले निकै मेहनत गरेको छ, पक्कै पनि नेपाली संगीतका पारखीहरूलाई यो गीत मन पर्छ,’ पाख्रिनले भने ।

    त्यसैगरी, गायिका रीता केसीले नयाँ शैलीको गीत प्रस्तुत गरिएको बताउँदै नेपाली लोक संगीतमा यसले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेकी छिन् ।

    मोडल तथा कलाकार सविन तामाङले अभियन यात्राका दौरान नयाँ शैलीको गीत प्रस्तुत गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

    हेर्नुहोस् भिडियोः

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु