• कोजाग्रत पूर्णिमा २०७८ को शुभकामना

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार ०६:५७

    कोजाग्रत पूर्णिमा २०७८ को शुभकामना

    महालक्ष्मी आउँ भरिरहु धनै सम्पत्ति बरु

    महालक्ष्मी आमा सकलन जनकी सान प्रवला
    महाशक्ति तिम्रै चमचम कला छन प्रतिपला
    सबै संपत्तिकै पछि पछि हिडेका किन किन
    कहाँ हो संपत्ति सबजन पुकार्छन पुन पुन ।। १ ।।

    पूजा गर्छन सारा घर घर उज्यालो गरि गरि
    महालक्ष्मी तिम्रै स्वरुप भरि घुम्छन वरि परि
    विना पौरख आशा पुरित धनमा नै कति कति
    उपाय खोज्दैनन फ़ग़त तिमीमानै भरपरि ।। २ ।।

    पूजा गर्छन सारा तर तिमी भने पौरखी सगै
    रमाई बस्दिन्छ्यौ बिचरा अलछीका संग नगै
    छिटै अल्छि त्यागि सरर पसिना सिञ्चन गरे
    भरि हुँथ्यो सब्को ढिकुटी श्रमको साधन गरे ।। ३ ।।

    सबै साधन खोजौ अब सब छिटै पौरखी बने
    उचो शोभा शाली शिखर यहीं छन दील हरने
    अति सुन्दर लाग्ने पृथक छ उचो शान तिनको
    विहानीमा घुम्टो झकित सब छन ओडी सुनको ।। ४ ।।

    त्यही छन रे लक्ष्मी यदी सब जुटि पुजन गरौ
    हिमाली शोभाले सहज सबैको मन भरौ
    अनि हेर्ने भन्दै भूवन भरिका मानिस जुटी
    यही बस्लान हेर्लान शिखर शिवको सुन्दर कुटी ।। ५ ।।

    त्यही छन पार्वती शिवजीसँग खेल्छिन खुरु खुरु
    महालक्ष्मी फेरी घर घर पुगेकी लुरुलुरु
    जहाको टारीमा धन पूरित छन टन्न ढिकुटी
    फलै फल लट्केका रुखहरु हुँदाको गुटुमुटी ।। ६ ।।

    नयाँ शोभा शाली युग अव उदाउदछ छिटै
    नेपाली माटोमै जति जति बुटि फल्दछ विटै
    सबै मान्छे खोज्दै घुमि घुमी धराको वर पर
    उकाली ओराली नव लहरको मार्ग सरर ।। ७ ।।

    विजुली वत्तिले झिलिमिली हुने तारहरुमा
    नयाँ गाडी चल्दा मन भरि हुँदै त्यै लहरमा
    घुमेका मान्छे गै घर घर बसुन बास सबको
    महालक्ष्मी आई ढिकुटी भरिने नै छ धनको ।। ८ ।।

    नहोस खैला बैला कलह पछिको रोदन कतै
    सबैको आकांक्षा पुरित अब होस है धन सितै
    महालक्ष्मी आई श्रम शिविर उद्घाटन गरुन
    सबै ज्ञानी बन्दै घर घर नयाँ पौरख चलुन ।। ९ ।।

    सधै आफूमात्रै पुरित हुन गै संसय गरि
    अरुकै नोक्सानी किन हो गरनु भै रिपु सरी
    यहाँ झल्क्यो शान्ति दिप गगनको शानछ अरु
    महालक्ष्मी आउ भरिरहु सधै सम्पती बरु ।। १० ।।

    ३ कार्तिक २०७८
    शिव अधिकारी
    बाबाकाम कोटेश्वर काठमाण्डौ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु