• बैंक तथा वित्तीय संस्थाले मनोमानी ढंगले ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैंकले तीन बुँदे निर्देशन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार ०८:१८

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाले मनोमानी ढंगले ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैंकले तीन बुँदे निर्देशन दिएको छ ।

    राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन–२०७७ मा संशोधन गरेको छ । संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई ३ बुँदे निर्देशन समेत दिएको छ । जसमा बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको ब्याजदर प्रकाशन गर्दा अघिल्लो महिनाको ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन् ।

    यस्तै संस्थागत मुुद्दती निक्षेप (बोलकबोलसमेत)मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम व्याजदरभन्दा कम्तीमा एक प्रतिशत बिन्दुुले कम हुनुपर्ने व्यवस्था गरेको छ ।

    राष्ट्र बैंकले गरेको व्यवस्थामा कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संशोधन गरी कात्तिक ३ गते भित्र आफ्नो वेवसाइट मार्फत सार्वजनिक गरी सोही मितिबाट लागूगर्न र कात्तिक ५ गते भित्र दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु