दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गठबन्धनको कार्यशैली हेर्दा म त फेरि केपी ओलीको पूनरावृत्ति हुने देख्छु’ : डा. केसी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक ३ गते, बुधबार १९:२५

काठमाडौं, ३ कार्तिक । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले प्रमुख राजनीतिक दल र यसका शीर्ष नेताहरु लोकतन्त्रको आचरणअनुसार चल्न नसकेको टिप्पणी गरेका छन् । उनले लोकतन्त्र बलियो बनाउनको लागि योग्यताक्रम, जवाफदेहीता, पारदर्शीता, उपयुक्त व्यक्तिलाई उपयुक्त स्थान, पुरस्कार र दण्डको व्यवस्था हुनुपर्ने बताए । तर, नेपालमा पछिल्लो समय योग्यताभन्दापनि आफ्नो मान्छे भर्ती गर्ने, नियुक्ती गर्ने परिपाटी देखिएको भन्दै उनले गुनासो पोखे ।

रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको सय दिन पुगेको अवसरमा आज (बुधबार) आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै डा. केसीले नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले युवाहरुको पार्टीमा पकड नहुनु समस्या हो भनेर गरेको टिप्पणीप्रति असहमति जनाउँदै त्यसो हो भने कांग्रेसको आगामी महाधिवेशनमा सबै युवा मिलेर एक जनालाई सभापति बनाए भयो नि भन्ने सुझाव पनि दिए ।

उनले यो सरकारको बढिमा कार्यकाल १३ महिना भएको बताए । तर, यसअघि राजदूत बनाएर पठाएकाहरुलाई धमाधम फिर्ता बोलाउने काम गरिएको भन्दै उनले यसरी कसरी राम्रो सन्देश जान्छ त ? भन्दै प्रश्नसमेत गरे । उनले भने,‘म त गठबन्धनको कार्यशैली हेर्दा फेरि केपी ओलीको पूनरावृत्ति हुने देख्छु । अबको निर्वाचनपछि सरकार हाक्ने पालो कांग्रेसको थियो । अहिले त कस्तो भयो भने प्रतिपक्षीमा बस्ने सत्तामा गयो । सत्तामा बस्ने प्रतिपक्षमा गयो ।’

पछिल्लो समय मुलुकमा जेठान काण्ड भएको उल्लेख गर्दै फेरि सम्धी काण्ड हुन लागेको सुनाए । उनले देश बनाउको लागि र विधिमा हिँडाउनको लागि लोकतन्त्रको चुरो समात्नुपर्ने सुझाव दिए । उनले भने,‘लोकतन्त्रको चूरो कुरा भनेको योग्यताक्रम, जवाफदेहीता, पारदर्शीता, उपयुक्त व्यक्ति उपयुक्त स्थान, पुरस्कार र दण्डको व्यवस्था हुनुपर्छ । मिनिमम कुरामा मतएकता चाहिन्छ। सामाजिक सद्भाव र सुशासनमा मत एकता हुनुपर्छ ।’

अहिले संघीयता महंगो भएको भनेर जनगुनासो आएको पनि उनले स्मरण गराए । उनले भने,‘हामीले प्रणालीको लागि लडेको ७१ वर्ष भयो, तर के भयो त ? हेर्नुहोस त नेकपाले बहुमत पायो, तर बहुमत कसले भाँडयो ? नेपाली जनताले त होईन नि । लोकतन्त्र भन्दैमा कहाँ नाङ्गै नाच्न पाईन्छ ?’ अहिले मुलुकमा १७ खर्बको ऋण रहेको पनि उनले तथ्यांक सुनाए । उनले भने,‘हामीसँग साँढे १६ खर्बका बजेट छ । ११ खर्बको त व्यापार घाटा छ । ६ खर्बको बेरुजु छ । यस्तो अवस्थामा कसरी अघि बढ्न सक्छौं त ? आजको प्रश्न त यो हो नि । सरकारी तथ्यांकअनुसार ५२ लाख युवा वैदेशिक रोजगारीमा छन् । यो सरकारी आँकडा हो, मलाई एक करोडको हाराहारीमा होलान जस्तो लाग्छ । मुलुकलाई वैदेशिक ऋणको दुश्चक्रमा राख्नुहुँदैन् ।’

उनले अहिले सिंगो अदालतमाथि प्रश्न उठेको पनि टिप्पणी गरे । उनले भने,‘जेठानमन्त्री बने, पछि राजीनामा दिए । अब सम्धीलाई राजदूत बनाउने कुरा हुँदैछ ।’ उनले सांसद, पार्टी पदाधिकारी, मन्त्री, तथा प्रधानमन्त्री दुई चोटी मात्रै हुन पाउने व्यवस्था गर्नुपर्ने र यसको लागि नेताहरुले पहल लिनुपर्ने पनि बताए । उनले भने,‘तपाईँहरु यसको लागि लड्नुहोस ।’ उनले अहिले एमाले अध्यक्ष केपी ओलीको ग्राफ माथि जाने पनि विश्लेषण गरे । उनले भने,‘ओलीको कहर मुलुकले अर्को दश वर्ष धान्ने म देख्दैछु ।’ उनले समग्र पार्टीमा युवा पुस्ता नेतृत्वमा आउनुपर्ने पनि बताए र यसको लागि युवाले हस्तक्षेप गर्नुपर्ने सुझाव दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु