• युरोपेली मुलुकबाट मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीलाई मान्यता प्राप्तनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैForget Imaginary Heavenशिल्पीको “ठुला माछा – साना माछा” को बालाजु वाईपासमा प्रदर्शनीआज २०७८ मंसिर १८ गते, शनिवार, तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफलराप्रपाको एजेण्डालाई देशव्यापी रुपमा लाने भन्दै केन्द्रीय सदस्यमा उठे देवेन्द्र प्रधानकार्कीको २ सय २५ किलोमिटर दौडप्रकाशको मिश्रित प्रदर्शनगोल्डेनगेटलाई सफलताराष्ट्रिय अपाङ्ग कोषको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तराष्ट्रिय दिवस सम्पन्न

    हाम्रा अन्नदाताहरुलाई परेको पीडामा सक्दो सहयोग गरौं : निवर्तमान प्रदेश प्रमुख डा.अहिराज

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार २०:२८

    काठमाडौं, ४ कार्तिक । बेमौसमी वर्षाका कारण किसानहरुमा परेको पीडा र मारमा सबै नेपालीले सक्दो सहयोग गर्न प्रदेश नं. २ का निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले आग्रह गरेका छन् ।
    बेमौसमी भारी वर्षाका कारण अर्बौंको धानबाली नष्ट भएको छ भने ८८ जनाको ज्यान गएको र कैयौं जना बेपत्ता भएका छन् । यस्तो पीडाको घडीमा सबै नेपालीले सहयोग र सद्भाव देखाउनुपर्ने डा.अहिराजले बताएका हुन् । यसबाट सबभन्दा बढी मारमा किसानहरु परेकाले नेपालीहरुले सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।
    डा.अहिराजले प्रभावित क्षेत्रहरुमा अनुगमन गर्दै एक भिडियो सन्देश जारी गरेका छन् । उनले भनेका छन्,‘यी पीडामा म थुप्रै किसानहरुसँग भेटें, खेतबालीमा गएँ, उहाँहरुको आँखाभरि आँशु छन् । किसानहरुको परिवारमा एक खालको पीडा, भविष्यको चिन्ता, भोलि के खाने,लालाबालालाई कसरी पाल्ने, जीवन कसरी धान्ने भन्ने पीडामा छन् ।’
    किसानहरुको पीडाबारे बोल्दै उनले भने,अहिले किसानको पीडा सुनिदिने वा बोलिदिने कोही भएन । हामी सबै नेपालीहरु जहाँ र जसरी भएपनि किसानहरुका लागि मुठ्ठिदान गरौं । तपाइँ हाम्रो सहयोग र साथले किसानका अनुहारमा खुशी आउँछन् ।’
    उनले हाम्रा अन्नदाताको आँशु पुछ्न,अनुहारमा खुशी ल्याउन र खानको व्यवस्था गरिदिन नेपालीहरु सक्षम रहेको बताउँदै सबै चाह्यो भने यो असम्भव नरहेको जिकिर गरेका छन् । ‘म सबै नेपालीहरुलाई हात जोडेर बिन्ती गर्न चाहन्छु कि किसानहरुलाई परेको यो पीडा र दुःखमा हामी साथ दिऔं,’उनले भनेका छन् ।
    उनले हाम्रा अन्नदाताहरु मारमा पर्दा कोही पनि मौन बस्न नहुने धारणा राखेका छन् । ‘हामी तपाइँसँग छौं भन्ने किसानलाई हौसला दिनका लागि अब घरबाट पाइला बाहिर निकाल्नुपर्ने आवश्यकता छ’ उनले भनेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु