• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    तीन वटा प्रदेशमा मात्रै सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार ०७:३५

    काठमाडौं, कार्तिक ६ । आइतबारदेखि परेको अविरल बर्षाका कारण धानबालीमा परेको क्षतिबारे प्ररम्भिक विवरण आउन थालेका छन् । हालसम्म प्राप्त विवरणमा तीन वटा प्रदेशमा मात्रै सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले दिएको जानकारी अनुसार सुदूरपश्चिम,लुम्बिनी र प्रदेश १ बाट प्राप्त प्रारम्भिक विवरण अनुसार उक्त क्षति भएको हो ।

    यी तीन प्रदेशमा ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी र बर्षाले क्षति पु-याएको संजेलले बताए । बर्षाका कारण एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लगाईएको धानबालीमा असर मात्र परेको छ ।

    दुई लाख ५८ हजार ९२ मेट्रिकटन धान बर्षातका कारण क्षति भएको प्रारम्भिक अनुमान रहेको सञ्जेलले बताए । अनुमानित विवरणमा लुम्बिनी प्रदेशका बाँके ,बर्दिया,कपिलबस्तु र रुपन्देही, सुदूरपश्चिम प्रदेशका कैलालि र कञ्चनपुर तथा प्रदेश १ का झापा मोरङ् र सुनसरी छन् ।

    जसमध्ये लुम्बिनी प्रदेशका चार जिल्लामा बर्षातको असर धेरै परेको देखिएको छ । यो प्रदेशमा ४२ हजार ४२७ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ भने प्रदेशभर चार अर्ब ५१ करोड रुपैयाँभन्दा धेरै मूल्यको एक लाख ६१ हजार २२३ मेट्रिकटन धानमा बर्षाले क्षति पुर्याएको छ ।

    सुदूरपश्चिमका दुई जिल्लामा १८ हजार हेक्टर क्षेत्रफलमा लगाईएको धानमा क्षति पुगेको छ । प्रदेशभर एक अर्ब ९१ करोड रुपैँयाभन्दा धेरै मुल्यको ६८ हजार चार सय मेट्रिकटन धानमा बर्षाले क्षति पुर्याएको छ ।

    यस्तै प्रदेश १ का तीन जिल्लामा सात हजार ४९२ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर ८० करोड रुपैँया बढीको २८ हजार ४६९ मेट्रिक टन धानमा बर्षाले क्षति पुर्याएको मन्त्रालयले जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु