• अत्याधुनकि सेवासुविधा सहित नयाँ रेस्टुरेन्ट माइती रिसोर्ट’ सञ्चालनमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार १८:१६

    कीर्तिपुर । खानाको पारखीहरूलाई भिन्नभिन्न नयाँ र उच्चस्तरको गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्य सहित कीर्तिपुर नगरपालिका ६ स्थित चोभारमा चारघरेमा अत्याधुनकि सेवासुविधा सहित नयाँ रेस्टुरेन्ट माइती रिसोर्ट’सञ्चालनमा आएको छ ।


    राजकुमार महर्जन,गाैरब श्रेष्ठ  र सुर्य बहादुर बुढाथोकीद्वारा संचालित यश रेस्टुरेन्टमा पाहुनाको चाहना अर्डर अनुसारको मासुको उत्कृष्ट परिकार साथै हाईजेनिक खाना तथा गुणस्तरीय स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई मनोरम शान्त बाताबरण,गार्डेन,फेमिलीको लागि बस्ने छुट्टा छुट्टै रुम,यथेष्ट पार्कीङको समेत ब्यबस्था भएको पारिवारिक बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ ।

    कितिपुर भ्यालीको दृश्य स्पष्टसँग देख्न सकिने यस रेस्टुरेन्टमा ‘दृश्यावलोकन गर्दै नेपाली,चाइनिज,कन्टिनेन्टल, कालिज,बदेल कडकनाथ,लौकाट,लोकल कुखुरा ,लोकल खसी र असला माछा समेतका परिकार मिठो स्वादका रमाउन यहाँ निकै राम्रो,सुन्दर र पारिवारिक वातावरणमा रेष्ट एण्ड रिफरेसका लागि उपयुक्तका साथ संचालनमा छ।

    हामीले रेस्टुरेन्टमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको मध्यनजर गदै स्वास्थ्य मापदण्डका नियम पालना गर्दै सतर्कताका मास्क प्रयोग गर्न,सामाजिक दूरी कायम गरी साबुनपानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न व्यवस्था गरिएको छ। परम्परागत नेपाली शैलीमा अतिथिको सत्कार गर्दै पृथक रहेको व्यवस्थापन पूर्ण पारिवारिक वातावरणमा ग्राहकहरुलाई विहानको ब्रेकफष्टदेखि रातीको डिनरसम्मको गुणस्तरीय सेवा पस्कने गरी स्वस्थ्य र स्वादिलो परिकार पस्किने लक्ष्यसहित रेस्टुरेन्ट साथै हार्ड ड्रिङ्कस् बारको पनि व्यवस्था पनि रहेको संचालक सुर्य बहादुर  बुढाथोकीले जानकारी दिनुभयो ।

    रेस्टुरेन्टमा हाल प्रत्यक्ष रुपमा २० जनाले रोजगारीको समेत अवसर पाएका छन् ।




    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु