• वेमाैसि वर्षाका कारण धान सखाप , पिडित मारमा परेका किसानहरुका लागि तत्काल राहत कर्यक्रम ल्यउन आवश्यक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार २०:०४

    नगेन्द्र काेइराला

    सुर्खेत । आइतबारदेखि परेको अविरल बर्षाका कारण नेपालका अधिकंश पश्चिमी जिल्लाहरु लगायत तराईका धेरै जिल्लामा दशैं काे माहाेल नपाउँदै किसानहरुकाे खुसि धान संगै डुवाएकाे छ ।
    हावा हुरि सँगै भएकाे बर्षात्ले धान बालिमा ठूलो नाेक्सानि पुगेको अवश्थाले कराेडाैंकाे धान क्षेति भएको किसान मारमा परेका छन् ।
    किसानहरूले काटेर गह ढलाएर राखेकाे पानिमा डुवेर सडेको,धान भिजेको कारणले धान उम्रेका छन् , र नकाटेकाे धान भरि हावाहुरीकाे वर्षाले पूरै ढलेकाे छन् । ढिला पाक्ने जातका धानकाे छिप्पिने बेला पानिमा गडिएकाेले क्षेति पूगेकाे छ । धानकाे डाँठ हरियाे हुँदै ढलेकाे र दाना परिपक्क नहुँदै साेत्तर भै ढलेपछि उत्पादनमा ह्स आउने सम्भावना देखिएको छ । अहिले वमाैसमि वर्षाका कारण नेपालका अधिकंश जिल्लाहरूमा धान नष्ट भएकाेले भाेलिविहान भाेकमरिकाे समस्या, धानकाे बीउ आवश्यकताकाे उपलब्धता कमहुन सक्ने, जस्ता समस्या आउने तथा सिर्जना हुन सक्ने, जस्ता सम्भावना भएकाेले सम्पूर्ण किसान वर्गहरुलाई एक किसिमकाे चुनाैति अवस्था सिर्जना भईरहेकाे छ।,त्यसैले समयमै त्यस चुनाैतिलाई सहज तरिकाले निर्मुल पार्न अथवा, व्यवस्थापन गर्न सम्बन्धित सहयोगी निकायहरुलाई ध्यान दिन जरुरी छ।
    अन्तमा, यस वेमाैसि वर्षाका कारणले धान सखाप पारेकाेले किसानहरु पिडित, मारमा परेका छन् । पिडित, मारमा परेका किसानहरुका लागि छिट्टैनै स्थानिय, प्रदेश, तथा सङ्घिय सरकावालाले राहतका कार्यक्रम तत्काल ल्याउन आवश्यक रहेकाे देखिछ्। सहयाेग नगरे किसान अर्को वर्ष खेति गर्न नसक्ने अवस्था आउन सक्ने भएकाले सरकारी निजि तथा अन्य सराेकारवालाहरुलाई एकजुट भई सबैले चासाे दिनु हुन हार्दिक अपिल गर्दछु।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु