• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    औलो अभिमुखिकरण कार्यक्रम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार २०:१२

    नमराज भट्ट
    कैलाली, ०६ कार्तिक २०७८

    कैलाली जिल्ला भरि रहेका विभिन्न स्थानीय तहका सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्य प्रयोगशालाकर्मिहरुका लागि औलो औलो सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

    स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा जिल्लाका १३ वटै स्थानीय तहका सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्य प्रयोगशालामा कार्यरत स्वास्थ्य कर्मीहरुका लागि औलो अभिमुखीकरण कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ו नेपाल सरकारको औलो निवारण २०२५ गर्ने लक्ष्य अनुरुप सर २०२२ मा स्थानीय विरामी ( Indigenous case ) लाइ शुन्यमा राखी सन् २०२५ मा औलो रोग निवारण गर्ने रहेको छ ।

    औलोको विरामीहरु विगतका वर्षहरुको तुलनामा दिन प्रति दिन घटिरहेका छन ו बर्षात याममा औलोको विरामीहरु बढ्ने दर बढी नै हुन्छ। कैलाली जिल्ल्लामा आव २०७७/०७८ मा १०१ जना औलो रोगि रहेका छन् । त्यसमा पनि स्थानीय केश ४ वटा छन् । औलो संक्रमित पोथी लामखुट्टेको संक्रमण स्वस्थ मानिसलाई टोकेमा औलो मानिसलाई संक्रमण हुन्छ ו औलो संग सम्बन्धि गतिविधि स्वास्थ्य कार्यालय, स्वास्थ्य संस्थाहरु तथा सरोकारवाला निकायहरुबाट भैरहेको हुन्छ। हाल कैलाली जिलामा आयातित केस धेरै भन्दा धेरै छन् १०१ जनामा ९७ जना आयातिट छन् ति केसहरु अधिकतम भारतबाट आउने नागरिकहरुमा देखिएको हो। खुला सिमाना तथा ठुलो जनघनत्व भएको देश भएकोले आयातित केश न्यूनीकरण गर्न ठुलो चुनौति रहेको छ ו

    कैलाली जिल्लामा रहेका सम्पूर्ण स्वास्थ्य प्रयोगशालाकर्मिहरुले औलो निवारणमा हामि प्रतिवद्द रहेका छौ भनि सबैले प्रतिव्धता जनाएका छन् ו औलो कार्यक्रम निवारणमा स्वास्थ्य प्रयोगशाला क्षेत्रको मुख्य भूमिका रहेको हुन्छ । कार्यक्रम स्वास्थ्य कार्यालय कैलालीका प्रमुख ज्यू को अध्यक्षतामा तथा लम्किचुहा नगरापालिका नगर उप प्रमुख टिका थापा ज्यु को प्रमुख आतिथ्यमा भएको थियो ו सो कार्यक्रमाको उद्देश्य तथा स्वागत मन्तव्य स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन दिपक जोशी ज्यु ले गरेका थिए ו

    कार्यक्रममा विभिन्न किसिमका औलो सम्बन्धि प्रस्तुतीकरण गरिएका थिए। सहयोगी संस्था सेभ द चिल्ड्रेन नरेश शाहले पनि औलो सम्बन्धि प्रस्तुतीकरण गरेका थिए ו कार्यक्रम स्वास्थ्य कार्यालय कैलालिका हेल्थ असिस्टेन्ट मिन बहादुर धामी ज्यु ले गरेका थिए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु