• युरोपेली मुलुकबाट मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीलाई मान्यता प्राप्तनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैForget Imaginary Heavenशिल्पीको “ठुला माछा – साना माछा” को बालाजु वाईपासमा प्रदर्शनीआज २०७८ मंसिर १८ गते, शनिवार, तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफलराप्रपाको एजेण्डालाई देशव्यापी रुपमा लाने भन्दै केन्द्रीय सदस्यमा उठे देवेन्द्र प्रधानकार्कीको २ सय २५ किलोमिटर दौडप्रकाशको मिश्रित प्रदर्शनगोल्डेनगेटलाई सफलताराष्ट्रिय अपाङ्ग कोषको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तराष्ट्रिय दिवस सम्पन्न

    जिम्न्याष्टिक टोलीको बिदाइ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ कार्तिक २०७८, आईतवार १७:३४

    काठमाडौं, कात्तिक ७ गते ।
    पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली सोमबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ ।
    अक्टोबर २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताको सिनियरतर्फ समान ४–४ पुरुष÷महिला तथा जुनियर पुरुषमा ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल जिम्न्याष्टिक संघका महासचिव मुकुन्दराज शर्माले जनाएका छन् ।
    सिनियरको पुरुषमा उज्ज्वल तिवारी, सुमन तामाङ, सत्यनारायण मानन्धर र श्रीकृष्ण खर्बुजा तथा महिलामा पिंकी झाङ, रेशिका श्रेष्ठ, युष्का महर्जन र लुमिला मानन्धर रहेका छन् । जुनियर पुरुषमा रोहन बुढाथोकी, सुमन नापित, सुमित तमखु र विपिन दोङ छन् । प्रशिक्षकमा राजेश्वरमान स्थापित, सजनी मानन्धर र देवकुमार महर्जन तथा व्यवस्थापकमा पूर्णमान वज्राचार्य छन् । अफिसियलमा सुनिलमान सिं, परमेश्वर जोशी, कुश्मिला आचार्य, दीपककृष्ण प्रजापति र सुशिलप्रकाश प्रधान रहेका छन् ।
    टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आइतबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु