• युरोपेली मुलुकबाट मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीलाई मान्यता प्राप्तनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैForget Imaginary Heavenशिल्पीको “ठुला माछा – साना माछा” को बालाजु वाईपासमा प्रदर्शनीआज २०७८ मंसिर १८ गते, शनिवार, तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफलराप्रपाको एजेण्डालाई देशव्यापी रुपमा लाने भन्दै केन्द्रीय सदस्यमा उठे देवेन्द्र प्रधानकार्कीको २ सय २५ किलोमिटर दौडप्रकाशको मिश्रित प्रदर्शनगोल्डेनगेटलाई सफलताराष्ट्रिय अपाङ्ग कोषको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तराष्ट्रिय दिवस सम्पन्न

    आबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ कार्तिक २०७८, आईतवार १७:५०

    कार्तिक ७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्समा भोलिदेखि सुरु हुने छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागि हुन दुबई प्रस्थान गरेको छ । कात्तिक ८ देखि १२ गतेसम्म (२५-२९ अक्टोवर) दुबईमा हुने डाइलगमा सहभागि हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल दुबई प्रस्थान गर्नुभएको हो । मन्त्री श्रेष्ठ सहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा मन्त्रालयका अधिकारीहरुले विदाइ गर्नुभएको थियो ।

    श्रमिक पठाउने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्नका लागि स्थापित ‘आबुधाबी डायलग’ मा नेपाली श्रमिकहरूको हित र सुरक्षाका बिषयमा छलफल गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताउनुभयो । ‘आबुधाबी डायलग’ मा १६ देशका श्रममन्त्री सहभागि हुनुहुनेछ भने ४ वटा देश परवेक्षकका रुपमा सहभागि हुनेछन् । साथै अन्तर-सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले पनि डायलगमा भाग लिनेछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु