• युरोपेली मुलुकबाट मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीलाई मान्यता प्राप्तनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैForget Imaginary Heavenशिल्पीको “ठुला माछा – साना माछा” को बालाजु वाईपासमा प्रदर्शनीआज २०७८ मंसिर १८ गते, शनिवार, तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफलराप्रपाको एजेण्डालाई देशव्यापी रुपमा लाने भन्दै केन्द्रीय सदस्यमा उठे देवेन्द्र प्रधानकार्कीको २ सय २५ किलोमिटर दौडप्रकाशको मिश्रित प्रदर्शनगोल्डेनगेटलाई सफलताराष्ट्रिय अपाङ्ग कोषको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तराष्ट्रिय दिवस सम्पन्न

    पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ कार्तिक २०७८, आईतवार १८:०९

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ६२५ नमुना परीक्षणमा ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका ५५७ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ३ हजार १ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १० हजार २०१ रहेको छ ।

    त्यसैगरी आज निको भएका ८७७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ८७ हजार ५०७ रहेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

    मन्त्रालयका अनुसार नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३४८ पुगेको छ ।

    मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ करोड ५२ लाख ११ हजार १६१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये पहिलो मात्रा खोप लगाउनेको संख्या ८६ लाख ६ हजार ९८८ रहेको छ भने दुवै मात्रा खोप लगाउनेको संख्या ६६ लाख ४ हजार १७३ पुगेको छ । नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, जापानीज ऐष्ट्राजेनेका र स्वीडिस ऐस्ट्राजेनिका नामक खोप लगाइएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ५७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु