दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक ७ गते, आईतवार १८:२५

काठमाडौं ।रोटरी क्लब अफ कपनले सेन्ट जर्ज स्कुलमा पोलियो सम्बन्धि जानकारी गराउने उदेश्यले कार्यक्रम सम्पन्न गर्यो । रोटरी इन्टरनेशनलद्वारा सधैंका लागि पोलियो निर्मुलिकरण अभियान शुरु गरि प्रत्येक वर्ष २४ अक्टोबरमा विश्व पोलियो दिवस मनाउने गरिएको छ । तर गत वर्ष र यस वर्ष कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित भैइ खासै धेरै र ठूला कार्यक्रम भएनन् ।

यस वर्ष डिष्टृकले क्लब आफैं वा अन्य क्लबसँग मिलेर जनचेतना मुलक कार्यक्रम गर्नु भने अनुसार रोटरी क्लब अफ कपनले भने काठमाडौं महानगरपालिका वाड नं ५ स्थित सेन्ट जर्ज स्कुलमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई पोलियो सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरि विद्यालयमा भएका सबै विद्यार्थीहरुलाई माक्स वितरण गर्यो । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष शिवहरि खनाल , अध्यक्ष डा. तेज रोक्का, उपाध्यक्ष शुचिता काफ्ले , क्लबका सचीव एवं विद्यालयका अध्यक्ष प्रल्हाद दाहालको सहभागिता थियो । विद्यालयको तर्फबाट बोल्दै प्र.अ मेघराज बजगाईले यस्ता कार्यक्रमले बालबालिकालाई सुसूचित गराउने र बाहिरी ज्ञान समेत हासिल हुने गर्दछ । पोलियो नेपालबाट निर्मुल पार्न रोटरी इन्टरनेशलनले खेलेको भुमिका अत्यन्तै प्रशंसनिय रहेको बताउनु भयो । त्यसै गरि क्लबका निवर्तमान अध्यक्ष शिवहरि खनालले रोटरीले पोलियो निर्मुल पार्न गरेको योगदान बारे प्रष्ट्याउनु भयो ।

विद्यार्थीलाई प्रोजेक्टरबाट स्लाइड मार्फत रोटरियन मिलन रोक्काले पोलियोको बारे जानकारी गराउनु भयो । विद्यार्थीका थप प्रश्नको उत्तरमा क्लबका सचीव प्रल्हाद दाहालले प्रष्ट पार्नु भयो । कार्यक्रमको अन्त्यमा क्लबकी उपाध्यक्ष शुचिता काफ्लेले सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि विद्यालयले यस्ता कार्यक्रम गरि विद्यार्थीहरुलाई हरेक कुराको जानकारी गराउने छ भन्दै कार्यक्रम आयोजना गरि सहयोग गरेकोमा विद्यालयलाई धन्यवाद दिनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु