• नयाँ पार्टी दिष्टी भ्रम नहोस- हरी भक्त श्रेष्ठ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ कार्तिक २०७८, आईतवार २०:१७

    जनता वाक्क दिक्क भैसके ,राजाबादीहरुले त खुलम्मखुल्ला ” राजा आउँ देश बचाउँ” भनेकै थिए। अब, त राजाले नी भन्न थाले ” राजा बिनाको प्रजातन्त्र र प्रजातन्त्र बिनाको राजा हाम्रो जस्तो सानो मुलुकले कल्पना गर्न सक्दैन”—-( पुर्ब राजा ज्ञानेन्द्रको वाक्य)। हामीलाई लाग्नसक्छ, यो न सुर न तालको कुरा गर्दैछन ज्ञानेन्द्र । हामी भ्रममा छाै, भारत नेपाल सँग नेपोलिटिक्सको डिप्लोमेसीबाट सहज महशुस गरेका छैनन। चिन MCC लागू नहोस भन्नुका साथै, कम भन्दा कम अमेरीकीको प्रभाब नेपालमाथी परोस भन्ने चाहन्छ। यृरोपियन यृनियनले मानव अधिकार र धर्म प्रचारको नाममा अरबाै खर्च गरिरहेको छ तर प्रत्रिफल सोचेको जस्तो पाउन सकेका छैन। यी सबै अब एउटै तोडबाट आफ्नो काम होस भन्ने चाहन्छन। भारत, अमेरीका , यृरोपियन यृनियन र चाईना सबैका कतै न कतै आ-आफ्नै Vested interest छ। आजको विश्व बजार लगानी पछि प्रत्रिफलको जोड घटाउ हुनु स्वभाबिक हो। कुनै देशको पानी होला, कुनै देशको खानी होला, कुनै देशको धर्म होला, कुनै देशको ब्यापार सँग होला त कुनै देशको जवानी सँग ( जवान यृबाहरु) होला। कुनै पनि राष्ट्रले नेपालमा सित्तैमा सहयोग गर्दैनन् , यदि यस्तो नीति नेपालका ब्यृरोक्रेसीले बनाएका भए परिबर्तन लोकसम्मत, समयसम्मत हुनु अत्यन्तै जरुरी छ।

    बैदशिक नीति र प्रभाब:

    हामी नेपाली खुसी भएर घरबाट एरपोर्टमा बिदाबारी हुन्छाै तर, जब हामी प्लेनमा चडछाै, कतै नेपाली पासपोर्टको कारणले डुल्न जाने हुन , रोजगारीकोलागी हुन या उच्च सिक्षाकालागी हुन, दिल- दिमागको कुनै कुनामा कतै एर्पोर्टबाटै फर्काई त दिदैनन भन्ने कल्पनामा डुबेर यात्रा तय गर्नु पर्नि बिडम्बना छ। के यो बिषय सरकार सँग आब्बद पार्टी वा पार्टीका नेताहरुलाई सुचना छैन । यदि, यस्ता गैर जिम्मेवारी राजनितिक पार्टीका नेताबाट देशको भाग्य तय गर्छ भन्ने लाग्छ भने हामी कति मूर्ख छाै, भन्ने कुराको प्रमाण के खोज्नु पर्ला र? भुटानीहरु सहज रुपमा नेपालमा On arrival visa लिन सक्छन, त्यसै गरि भुटानले किन दिदैन? यति सानो प्रश्न सम्म गर्न सक्ने राज्यमा किन अहिलेसम्म कुनै माईकालाल नजन्मेका होलान? हुदाँ- हुदाँ भारतबाट बिदेश जादाँ समेत दिल्ली Airport मा नेपालीलाई उपेक्षा र पासपोर्टको तिरस्कार गरिएको खबरहरु नेपालीले भोगेका सुन्न पाईन्छ।

    यृबा पुस्तामा नेर्तित्व हस्तान्तरण हुनै पर्छ, नेताहरुले समयको महत्व बुझुन।

    सत्ता निर्बिकल्प साधन होईन, राजनितीमा यस्ता उतारचडाव हुन्छ नै तर यसैको आधारमा समाजमा कलह सिर्जना गर्नि, लठैतहरु प्रसस्त छन। उनिहरु आफुलाई अब्बल रँगको नागरीक ठान्छन।उनिहरुका बिचार एक प्रकारको उर्दि सरह मान्नु पर्छ । नभए, उ बाहिरिया जिल्लाको अनागरीक सम्म भन्न भ्याउँछन।यस्त,अभद्र र असहनशिल मान्छेले गर्नि र गरेका बिकाशहरु कुन मेरिटमा होलान , सहजै अनुमान लगाउन सकिन्छ।उ र त्यस्ता मान्छेले जब आफुलाई स्थानिय मान्छे- स्थानिय मान्छे मिल्नु पर्छ, बाहिरको मान्छे( जो २५ ओै बर्ष देखि बसोबास गरि, भोट हालेर जिताएको छ) भन्ने कुतर्क र आफुलाई अब्बल नागरीक प्रमाणित गर्न कसरत गर्छ। उस्ले के बुज्दैन भने उस्का नेताहरु , उस्का निर्देशकहरु त ” बाहुनबाद” का अनुयायी हुन। न उनिहरु यहा जन्मिए। त्यसो हो भने किन ती पत्रिनिधि पात्रले आफ्नै स्थानिय पार्टी खोल्न हिम्मत गर्न सक्दैन र एउटा किमार्थ नाम र चुनाब चिन्हको पछि दाैडिनु पर्छ। कि काठमाडौं का बासीन्दाले अब चुनाब जिताउन बाहिरको (जन्म काठमाडौ बाहिर) जनमतको आवास्यक छैन ? के खोजेको हो। स्थानिय निकायमा भएका हरेक गतिबिधिहरु धेरै नजिकबाट रिपोर्टिङ लिई रहेका छाै । कानुनी मान्यता र यस्का परिधि हामी जस्ता बाहिरका अनागरीकहरुलाई नी थाहाँ छ। राजनिती गर्न सहनशिल, चेतनसिल र मानबिय गुण हुन पनि जरुरी छ। जिन्दगी भरि राज गर्न र एकलाैटि गर्न जनताले जिताएका थिएनन, एउटै राजाकोलागी गणतन्त्रान्त्रीक र लोकतान्त्रिक मोर्चाको अग्रणी भागमा पुलिसका छर्रा र गोलि खान मैदानमा गएका थिएनाै। याद र चेतना रहोस जनताको तपाईं जस्ता नेताहरुको भन्दा चेतनाको स्तर भयँकर राम्रो छ।

    स्थानीय, प्रदेश र केन्द्रबाट भएका सरकारी बजेटको दुरुपयोगको छानबिन हुनु पर्छ “भष्ट्राचार रहित समाजको निर्माण नै आजको राष्ट्र निर्माण को प्रमुख एजेन्डा हॊ।
    सधेै काले- काले मिलेर खाउँ भाले गर्नि हो, भष्ट्राचारको नेक्सेस टुटाउन भन्दा सम्रक्षण गर्नि हो, भने MCC पनि ल्याए हुन्छ, महाकाली ,सेती, काली, त्रिसुली बेच्नी होईन। सिधै देश नै बेचिदिउ ” भुटानी मोडेलमा” राजा शासन ल्याउँ र कमसय कम नेपाली पासपोर्टको मान्यता नै भएपनि गर्भ गर्नि ठाउँमा पुर्याउँ। सबै नेताहरुलाई जेलमा कोचाै, बिकास नगर्नि खाली पागल झै अधिकारकोलागी गोली खान किन चाहियो ? लोकतन्त्र र गणतन्त्र । अब, हामी नदिको किनारमा छाै, कि खस्नि नै हो यदि त्यो स्वीकार्य छैन भने , अगाडी बडन र लोकतान्त्रिक प्रणाली जिबित छ भन्ने देखाउँन ०४७ साल पछिका सबै प्रकारका भष्ट्राचारका फाईलहरु छानबीन र कारबाहीको दायरामा ल्याउनु पर्छ। अन्यथा, यी लोकतन्त्र, गणतन्त्र कसैले ल्याईदिएको हो। उस्का निर्देशन नमान्नी हो भने, उनिहरुले छलकपट र जालझेल गरेर नेपाली- नेपालीको बिचमा फेरी भिषण यृद्द गराउनी तयारीमा छन , ढिलो चाडो यस्को पुष्टि हुने नै छ। पुर्ब,राजा त्यसै बोलेको भनेर सोच्नी गल्ती नगर्दा हुन्छ। हैन भने सेरोमोनियल राजा मानेर सम्झाैता गरेर सान्ती नेपालको परिकल्पना गर्न सकिन्छ। अरु कसैले राजा बनाईदिए फेरि राजाले कुरा पनि अरु कसैको नै सुन्नी न हो ।यी हुल्लड कमाउँ धन्दावालाहरु भन्दा त , के को MCC ५० बर्षलाई देश नै Hongkong मोडेलमा ठेक्का दिए भैहाल्यो, जनता आजपनि पुलिसको गोलीले मरेका छदै-छन। फरक यति हुनेछ कि भोली बिदेशीका गोलीले मर्नेछन।कमसय- कम क्षतिपूर्ति handsome हुनेछ, बालबच्चाहरु हाम्र प्रान्तिय पासपोर्टले बिश्व घुम्न पाउने छन। अहिले पनि नेताहरुका छोराछोरीहरु बिदेशी दुताबासको सहयोगमा scholarship को नाममा Free का मह चाटेकै छन, उनिहरु कै दास बनेर। अनि, जनताका छोराछोरीहरु खाए- खाँ नखाँए घिच। जनताले नेताहरुका हरेक छल- कपट नाटक बुजेका छन।

    नयाँ पार्टी दिष्टी भ्रम नहोस:

    मरुभुमीबाट टाडाँ हेर्दा , ठुला-ठुलाँ तलाउ देखिन्छ। नजिक पुग्दा बल्ल थाहाँ हुन्छ दिष्टि भ्रम हो भन्ने । विधि, पद्दती र चरित्रको सँखघोषले नेकपा( एकीकृत समाजबादी) मा हामी लागेका हाै। कसैले भात पकाएर देला भनेर होईन। फेरि” घुमी फिरि रुम्जाटार” नै हुनि थियो भने यो अलाप- बिलाप किन ? कि ४ -१/२ ( साडे चार थान )मन्त्री प्राप्त भएपछि, हजार खुन माफी भईसकेको कसरी मान्न सकियला। पुराना सेठहरु परिबर्तन भए र तिनै पुराना सेठका कपिमा नयाँ सेठ बनेर हुकुमी प्राणङ्गी गर्नि हो भने, नेकपा( एस) को भबिष्य सिजनल च्याउँ झै नहोला भन्न कसरी सकिन्छ।

    हिजोको म पाई प्रणाली मात्र होईन, राजनितीक सोच , मूल्य र मान्यताका खाडलहरु हामी मिलेर पुर्ने छाै। नेता परस्त र पद परस्त गतिबिधिहरु सँगठन निर्माणका परिदि र पदको बाडफाड कामको मेरिटको आधारमा तय हुनु पर्छ। हामीलाई अझै विश्वास छ, अध्यक्ष माधब कुमार नेपाल र महासचिब बेदुराम भुसाल जस्ता इमान्दारिताको तापको ओतमा पक्कै न्यायको अपमान गरिने छैन।

    लेखक: हरी भक्त श्रेष्ठ
    काठमाडौं जिल्ला कमिटि सदस्य ,नेकपा( एकीकृत समाजबादी) ५ न क्षेत्रको प्रदेश “क” ईन्चार्ज ।
    पर्यटन ब्यबसायी सँगठन नेपाल( उपाध्यक्ष ) तथा बाग्मती प्रदेश ईन्चार्ज हुनुहुन्छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु