दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आईसीसी टी–२० विश्वकपमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्ताने विश्वकपमा पहिलो जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक ८ गते, सोमबार ९:४०

काठमाडौं, कार्तिक ८। आईसीसी टी–२० विश्वकपमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्ताने विश्वकपमा पहिलो जित निकालेको छ । भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा पछ्याएको हो । आइतबार राति भएको सुपर १२ को खेलमा ओपनरद्वय मोहम्मद रिज्वान र बाबर अजामले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि पाकिस्तानले शानदार शुरुवात गरेको थियो ।

जितको लागि १ सय ५२ रनको रक्ष्य पछ्याएको पाकिस्तानले १७।५ ओभरमै कुनै विकेट नगुमाई लक्ष्य भेट्टायो । पाकिस्तानको लागि दुवै ओपनरले अर्धसतक पूरा गरे । मोहम्मद रिज्वानले ५५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ७९ रन बनाउँदा बाबर अजामले ५२ बलमा ६८ रन जोडे । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु