• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    शिखर वार बुदोकैदो यसै साता

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार १८:२०

    काठमाडौं, कात्तिक ८ गते ।
    नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघको आयोजनामा प्रथम शिखर वार बुदोकैदो प्रतियोगिता कात्तिक ११ गतेदेखि हुने भएको छ ।
    प्रतियोगितामा सातै प्रदेशबाट करिब २ सय ५० खेलाडीको सहभागिता संघका उपाध्यक्ष वीरकृष्ण महर्जनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
    पुरुषमा ९ र महिलामा २ गरी जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुषमा ३० केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि र खुला तौलसमूह स्पर्धा समावेश छन् । महिलामा ४५ केजीमुनि र खुला तौलसमूहमा भिडन्त हुने छ । पुरुष÷महिला खुलामा पहिलो हुनेले १ तोला सुनको पदक तथा दोश्रोले ५ तोलाको चाँदीको पदक प्राप्त गर्ने छन् । बाँकी हरेक स्पर्धाको विजेताले ५ हजार, उपविजेताले ३ हजार तथा तेश्रोले १ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । तीनदिने प्रतियोगिताका खेलहरु काठमाडौंको बसन्तपुर डबलीमा हुने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु