• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १० हजार ८६४ नमुना परीक्षणमा ७७६ जनामा कोरोना संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार १८:५५

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १० हजार ८६४ नमुना परीक्षणमा ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका ७७६ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ३ हजार ७७७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १० हजार ३६० रहेको छ ।

    त्यसैगरी आज निको भएका ७७६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ८८ हजार ८ रहेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
    मन्त्रालयका अनुसार नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३६१ पुगेको छ ।

    मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ करोड ५२ लाख ६८ हजार ७७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये पहिलो मात्रा खोप लगाउनेको संख्या ८६ लाख २१ हजार ४४९ रहेको छ भने दुवै मात्रा खोप लगाउनेको संख्या ६६ लाख ४७ हजार ३२२ पुगेको छ ।

    नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, जापानीज ऐष्ट्राजेनेका र स्वीडिस ऐस्ट्राजेनिका नामक खोप लगाइएको छ । पछिल्लो २४ घण्टामा ५७ हजार ६१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु