• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    लक्की मिडिया हाउसले चलचित्रको विशेष शो संगै सम्मान कार्यक्रम गर्ने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार २०:५१

    चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको सोमबार बसेको बिशेष बैठकले चलचित्रको विशेष शो सँगै विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ । मिडिया हाउसले विभिन्न विधा तथा क्षेत्रमा समाज रुपान्तरण र विकासमा भूमिका खेल्ने व्यक्तित्वहरुलाई सम्मान गर्न लागेको हो ।

    कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन र आम दर्शकहरुलाई फिल्म हलमा चलचित्र हेर्नका लागि आह्वान गर्दै विशेष शो संगै सम्मान कार्यक्रम गर्न लागिएको हो । यस्ता कार्यक्रमको आयोजनाले कलाकारिता क्षेत्र तथा सामाजिक क्षेत्रमा थप प्रोत्साहन मिल्ने विश्वास लिएको मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले बताउनुभयो ।

    मोफसलमा रहेर लक्की मिडिया हाउसले चितवनमा बिभिन्न कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिएको लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रको रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो तथा च्यारीटी शो गर्दै आएको छ । यस अघि पनि विभिन्न कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई चलचित्रको विशेष शोको आयोजना गर्दै सम्मान गरेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु