• सूर्या लाइफइन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक, सेवामा उत्कृष्टता कायमगर्ने प्रतिबद्धता व्यक्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलवार १३:१४

    काठमाडौँ । नेपालको जीवनबीमा ब्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाईमा पुग्ने लक्ष्यका साथ सूर्या लाइफइन्स्योरेन्स कम्पनीले सेवामा उत्कृष्टता कायमगर्ने प्रतिबद्धता र सुदृढ पहिचान कायम गर्ने उद्धेश्यले पोखराको Mountain Glory Forest Resort मा आयोजित एक भब्य समारोहमा आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो मुलनारा (Slogan) “सर्वे भवन्तु सुखिनः” रहने ब्यहोरा ब्यक्त गरेको छ ।उक्त नयाँ लोगो कम्पनीको संचालक समितिका अध्यक्ष श्री.केशव प्रसाद भट्टराईज्यू, कम्पनीका संचालक तथा बीमा बिज्ञ श्री. विवेक झाज्यू तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृतश्री पवनकुमार खडकाज्यूले संयुक्त रुपमा अनावरण गर्नु भएको हो ।

    कम्पनीको संचालक समितिका अध्यक्षश्री केशव प्रसाद भट्टराईज्यूले नयाँ लोगो सार्वजनिक भए संगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापुर्वक अगाडि बढ्ने विश्वास ब्यक्त गर्नु भयो । त्यसै गरी कम्पनीले संगठनात्मक सुशासनलाई प्राथमिकता दिई आफ्ना बीमित सेवाग्राहीहरुलाई कम्पनीबाट प्रवाहहुने सेवझ उत्कृष्ट तथा छिटो छरितो रुपमा उपलब्ध गराउ नसंचालक समितिबाट ब्यवस्थापनलाई पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्तगर्नु भयो । त्यसैगरी दशबर्ष भन्दा बढी अवधि देखि जीवनबीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान तथा नेतृत्वदायी भुमिका निभाउनु भएका सफलबीमा बिज्ञ तथा कम्पनीका संचालक श्री. विवेक झाज्यूले उक्त कार्यक्रममा बीमाको महत्व र नयाँ लोगोको आवश्यकताको वारेमा प्रकाशपार्नु भयो । उहाँले जीवनबीमा काचार आधारहरु बीमित, अभिकर्ता, कर्मचारी तथा लगानीकर्ता हुन्छन, यि मध्ये प्रमुख दुई pillar कर्ता तथ कर्मचारी जसले बीमित तथा कम्पनीको बिच एउटा मजबुतपुलको काम गरेका हुन्छन्भन्नु हुँदै सूर्या लाइफइन्स्योरेन्स कम्पनीले अबआफ्नो छुट्टै पहिचान कायम गरी देशमा अब्बल कम्पनीको रुपमा स्थापितहुने यात्राको सुरुवात यस नया लोगोको नारा ‘सर्वे भवन्तु सुखिनः’अर्थात ‘सबै सुखि हुन्’का साथ सुभारम्भ गरेको कुरा ब्यक्तगर्नु भयो ।

    कार्यक्रममा श्री. झाले नयाँ लोगोका तीन रंग रातो,कालो र पहेंलोले यस कम्पनीको उद्धेश्यलाई स्पष्ट पार्छ र कम्पनी Bigger, Bolder / Brighter भएर अगाडी बढदै आफ्ना ग्राहकहरुको चाहना र सन्तुष्टीको ख्यालगर्दै आफ्ना सेवाहरुलाई केन्द्रमा राखियसको बिशिष्टिकरणका लागि Technology / updated Management Philosophy को प्रयोगबाट गतिदिने योजना रहेको स्पष्ठ पार्नु भयो । त्यसै गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवनकुमार खडकाज्यूले नयाँ लोगो र नयाँ पहिचान भनेको बीमा सेवामा उत्कृष्टताको प्रतिबद्धता हो,त्यसैले कम्पनीब्यवस्थापन संचालक समिति, बीमित, अभिकर्ता र नियमनकारी निकाय सबैमा आफ्नो उत्कृष्ट पहिचान राख्नकटिबद्ध रहेको ब्यहोरा ब्यक्तगर्नु भयो । साथै कम्पनीलाई आगामी दिनमा मौलिक पहिचानका साथ अग्रणी तथा अब्बल कम्पनीको रुपमा नयाँ उचाईमा पु¥याउने प्रतिबद्धता ब्यक्तगर्नु भयो ।

    दुई दिन सम्म संचालित उक्त कार्यक्रममा कम्पनीबाट समय समयमाजारि भएका बिभिन्न बीमा योजनाहरु बीमा बजारमालगि कम्पनीको ब्यवसाय विस्तारमा पु¥याएको योगदानको उच्चकदर गर्दै आ.ब. २०७७÷०७८ काउत्कृष्ट अभिकर्ता तथा एजेन्सी मैनेजरहरुका साथै कम्पनीको लक्ष्य प्राप्तिका लागि अहोरात्र खटिई उत्कृष्टकार्य गर्ने कर्मचारी तथा शाखा कार्यालयहरुलाई बिभिन्न बिधामा अवार्ड प्रदानगरिएको थियो । कम्पनीका अध्यक्षज्यू, संचालकज्यू तथा प्रमुख कार्यकारी अधिकृतज्यूले पुरस्कृत हुने सबैलाई बधाई ज्ञापन गर्नुकासाथै उक्त कार्यक्रममा अभिकर्ता संघका अध्यक्षश्री रामबहादुर तामाङ्ग, पुरस्कृत अभिकर्ता÷एजेन्सी मेनेजरहरुको तर्फबाट श्री सुनिल खडका तथा श्री. कमल प्रसाद घिमिरेले समेत आफ्नो बिचार ब्यक्तगर्नु भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु