• नेप्से आज ७८ दशमलव ८२ अकंले बढेर समग्र परिसूचक २७५१ दशमलव ०७ बिन्दुमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलवार १८:३२

    कार्तिक, काठमाडौँ । सेयर बजार (नेप्से) आज ७८ दशमलव ८२ अकंले बढेर समग्र परिसूचक २७५१ दशमलव ०७ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ११ दशमलब ५ अकंले बढेर ५१६ दशमलब ०७ बिन्दुमा पुगेको छ ।

    आज कारोबार रकमको आधारमा कामना सेवा विकास बैंक, नविल बैंक, एनआईशी एशिया बैंक, अरुण भ्याली हाईड्रोपावर, अपी पावर, नेशनल हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा कमना सेवा विकास बैंक, अरुण भ्याली हाईड्रोपावर, एनआईशी एशिया बैंक, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

    आज सेयर बजार ७८ अकंले बढ्दा ७ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज माउन्टेन हाईड्रो नेपाल, चन्दगिरी हिल्स, राधी विद्यृत कम्पनी, ङादी ग्रुप, खानीखोला हाईड्रोपावर, घलेम्दी हाईड्रोपावर, वेस्ट फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु