दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रोटरी क्लब अफ कपनको छैटौं स्थापना दिवस सम्पन्न “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक ९ गते, मंगलवार २०:१०

काठमाडौं ।रोटरी क्लब अफ कपनले एक कार्यक्रम गरि आफ्नो छैटौं स्थापना दिवस क्लबका सदस्यहरु एवं अन्य रोटरीयनहरुको विशेष उपस्तिथिमा भव्यताका साथ सम्पन्न गर्यो ।

प्रत्येक वर्ष अक्टोबर २६ मा आफ्नो स्थापना दिवस मनाउँदै आएको आर.सी कपनले यस वर्ष भने अन्य वर्ष झैं अरु कार्यक्रम आयोजना नगरी साधारण तवरले मनायो । गत वर्षहरुमा भने क्लबले विविध कार्यक्रम गरि आफ्नो कार्यक्रम मनाउने गर्दथ्यो । यस वर्ष क्लबले स्थापना दिवस एवं क्लबका पूर्व अध्यक्ष मनोज कुमार घिमिरेको जन्म दिन केक काटी शुभकामना आदानप्रदान गरि मनायो । क्लबले नियमित गर्नुपर्ने क्लब एसेम्ली र नियमित बैठक पनि यसै क्रममा सकाएको कुरा क्लबका सचिव प्रल्हाद दाहालले जानकारी गराउनु भयो।

कार्यक्रममा आर. सी कपनका एजि सुरेन्द्रर शाही ठकुरी , आर. सी भादगाउँका चार्टर प्रेसिडेन्ट, एजि, आ.सी कपनका जि. एस.आर मनोज कुमार कँडेल, आर. सी भादगाउँका प्रेसिडेन्ट उत्तममणि पौडेल, आर. सी दरवारमार्गका प्रेसिडेन्ट नेत्र बहादुर बस्नेत , विभिन्न क्लबका सदस्य एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

आ.सी कपनबाट चार्टर प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठ, पुर्व अध्यक्ष मनोज कुमार घिमिरे, शिवहरी खनाल, इलेक्ट प्रेसिडेन्ट कृष्णादेवी मुनिकार, क्लबकी मेजर डोनर एवं उपाध्यक्ष शुचिता काफ्ले लगायत पदाधिकारी एवं सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम आर.सी कपनका वर्तमान अध्यक्ष डा. तेज बहादुर रोक्काको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा क्लबका एजि सुरेन्द्रर शाही ठकुरी , भादगाउँका चार्टर प्रेसिडेन्ट एवं जि.एस.आर मनोज कुमार कँडेल, भादगाउँका प्रेसिडेन्ट उत्तम कुमार पौडेल, आर. सी दरवारमार्गका प्रेसिडेन्ट नेत्र बहादुर बस्नेत, कपनका चार्टर प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठले रोटरी क्लब अफ कपनको स्थापना दिवस र पास्ट प्रेसिडेन्ट मनोज कुमार घिमिरेको जन्म दिनको उपलक्ष्यमा शुभकामना दिनु भयो भने पूर्व अध्यक्ष मनोज कुमार घिमिरेले कपन क्लबको बारे बताउँदै आफ्नो जन्म दिन र क्लबको स्थापना दिवस एकै दिन परेकोले आफू आति नै खुशी भएको बताउनु भयो । कार्यक्रममा क्लबका वर्तमान अध्यक्ष डा. तेज बहादुर रोक्काले सबैलाई धन्यवाद दिँदै क्लबको निमन्त्रणालाई स्विकार्दै उपस्थित जनाउनु भएकोमा सबैसँग खुशी ब्यक्त गर्दै क्लबले आगामी दिनमा अझ आफ्ना सामाजिक गतिविधि अगाडि बढाउने र यसमा सबैको साथ रहने आशा राख्दै औपचारिक कार्यक्रमको अन्त्य गर्नु भयो । औपचारिक कार्यक्रमपछि क्लबका पदाधिकारी एवं अतिथिहरुले नाँचगान गर्दै रमाइलो गरि स्थापना दिवस मनाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु