• नेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार १७:३४

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको बृद्धि भएको छ । नेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ७८.८२ अंकले बढेर दुई हजार ७ सय ५१ दशमलब ७ विन्दुमा पुगेको थियो ।

    त्यस्तै, आज नेप्सेमा ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार भएको छ । मंगलबार ६ अर्ब ३१ करोड ८३ लाख बराबरको कारोबार भएकोे थियो । आज कारोबार भएका चार वटा समूह बाहेक अन्य सबै समूह बढेका छन् ।

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीमा बेस्ट फाइनान्स कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ८.६८ प्रतिशतले बढेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस बैंकको आज ४३ करोड भन्दा बढीको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु