• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    खेलकुद मन्त्रीको स्वागत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार १८:१२

    काठमाडौ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको सम्मानमा बुधबार स्वागत तथा बधाइ कार्यक्रम आयोजना ग¥यो ।
    राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका बोर्ड सदस्य, विभागीय प्रमुख, शाखा प्रमुख, खेलाडी, प्रशिक्षक, राष्ट्रिय खेल संघका पदाधिकारी, कर्मचारीलगायतले मन्त्री गहतराजलाई स्वागत गर्नुका साथै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए ।
    त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले नयाँ खेलकुद ऐनमा खेलकुदको विकासमा बाधा पुग्ने बुँदा छन् भने त्यसलाई समय सापेक्ष संशोधन वा परिमार्जन गर्न सकिने बताए । उनले खेलकुदको विकास र खेलाडीको हितलाई ध्यानमा राखी कार्य गर्ने प्रतिबद्धता जनाए ।
    उपाध्यक्ष कोइरालाले चाँडो भन्दा चाँडो नियमावली बनाउने कार्यलाई टुंग्याउनु पर्नेमा जोड दिए । खेलकुद मन्त्रालयका प्रवक्ता डा. कमलप्रसाद पोखरेलले खेलकुद सम्मानित क्षेत्र भएको धारणा व्यक्त गरे । राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले नयाँ ऐनमा भएका कमी कमजोरीलाई सच्याउनु पर्ने आवश्यकता औल्याए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु