• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार २०:५९

    काठमाडौं । गैरआवासीय नेपाली संघ, अंतराष्ट्रिय समन्वय परिषद एनआरएनएले राहत सामग्री वितरण गरेको छ । गैरआवसीय नेपाली संघका अध्यक्ष कुमार पन्तको प्रत्यक्ष सहभागिता साथै एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज कुमार गोर्खालीको संयोजकत्वमा राहत सामग्री हस्तान्तण गरिएको हो ।
    बिगत केही दिन अघिको अत्याधिक भारी बर्षाको कारण सुदुरपश्चिमको कंचनपुर जिल्ला महाकाली नदिको तटीय क्षेत्रमा आएको बाढिको प्रभावले बिस्तापित भिमदत्त नगरपालिका र दोधारा चांदनी नगरपालिकाका ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरण गरिएको हो ।

    राहत हस्तान्तरण कार्यक्रममा प्रत्यक्ष रुपमा नै प्रभावित क्षेत्रमा पुगी अबलोकन पश्चात कार्यक्रममा सहभगिता जनाउँदै केन्द्रीय अध्यक्ष पन्तले बाढीबाट आइपरेको घटनाले आफू मर्महात भएको र तत्कालका लागि अति विपन्न परिवारको लागि संघले सहयोग गरेको बताए ।


    त्यस्तै राहत सामाग्री हस्तान्तरण कार्यक्रमका संयोजक मनोज कुमार श्रेष्ठले सुदूरपश्चिममा आएको बाढि र त्यसबाट भएको धनजनको नष्ट आफूले यसै जिल्लाका राजनीति प्रतिनिधी पूर्व मन्त्री रमेश लेखकबाट जानकारी पाए लगत्तै तुरुन्त राहत सामग्रीको जोहो गरी कञ्चनपुर आएको बताए । दोधारा चाँदनीमा बाढीको डुबानमा परेका अति विपन्न १५० घर र भीमदत्त नगरपालिका वडा नं १२ र वडा नं १३ आएको कटानले क्षतबिक्षत बनाएको अवस्थामा अति विपन्न परिवार लाई प्रदान गरिएको बताए।
    स्मरण रहोस् भिमदत्त नगरपालिकाकाे वडा नं १२ र १३ मा ७५/७५ घरलाई राहत सामग्री वितरण गरिएको थियो।
    उक्त राहत हस्तान्तरण कार्यक्रममा स्थानिय तहबाट कंचनपुर जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदी, कंचनपुर जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी ,दोधरा चादनी नगरपालिकाका प्रमुख बिर बहादुर सुनार ,भिमदत्त नगरपालिका प्रमुख सुरेन्द्र बिष्ट , विशेष सहयोगी उधोग बाणिज्य संघ कंचनपुरका पुर्ब उपाध्यक्ष माधब राज जोशी ,राजनीतिक दलका प्रतिनिधि ,पत्रकार,सुरक्षाकर्मी ,स्थानीय निकायका जन प्रतीनिधि तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्न हुने सम्पुर्ण व्यक्तिहरूलाई धन्यवाद दिएका छन ।


    राहत हस्तान्तरणका लागि उपसंयोजक धर्मराज गिरि , एनआरएनए क्यानाडा प्रतिनिधि तुला भट्टचन ,एनआरएनए दक्षिण कोरिया प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष रन्जन राज कुँवर ,एनआरएनए दक्षिण कोरियाका नवीन राज जोशी,स्वयंसेवक प्रदिप खनाल , सन्जु श्रेष्ठको सहभागिता रहेको थियो ।
    राहत प्रदान गरेको सामग्री
    प्रत्येक १ घर परिवारको लागी निम्न प्रकारका राहत सामाग्रीहरु प्रदान गरिएको थियो ।
    (१) ५० किलो चामल
    (२) ३ लिटर खाने तेल
    (३) ५ किलो दाल
    (४) ५ किलो आलु
    (५) ३ किलो नुन
    (६) ५ किलो प्याज
    (७) आधा किलो मसला
    (८) १ थान त्रिपाल
    (९) २ थान म्याट
    (१०) २ थान ब्लङकेट
    (११) १ थान बाल्टी
    (१२) १ थान जग
    (१३) दैनिक प्रयोग हुने लत्ताकपडा: ( टि सर्ट ४ थान, टाउजर २ थान, विनसिटर २ थान, छाता १ थान रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु