• युरोपेली मुलुकबाट मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीलाई मान्यता प्राप्तनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैForget Imaginary Heavenशिल्पीको “ठुला माछा – साना माछा” को बालाजु वाईपासमा प्रदर्शनीआज २०७८ मंसिर १८ गते, शनिवार, तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफलराप्रपाको एजेण्डालाई देशव्यापी रुपमा लाने भन्दै केन्द्रीय सदस्यमा उठे देवेन्द्र प्रधानकार्कीको २ सय २५ किलोमिटर दौडप्रकाशको मिश्रित प्रदर्शनगोल्डेनगेटलाई सफलताराष्ट्रिय अपाङ्ग कोषको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तराष्ट्रिय दिवस सम्पन्न

    नेपाली कांग्रेसले आज १४औं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार ०७:१६

    काठमाडौं, कार्तिक ११ । पाचौंपटक महाधिवेशनको मिति सारेको नेपाली कांग्रेसले आज १४औं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने भएको छ ।

    कांग्रेस निर्वाचन समितिको बुधबारको बैठकले महाधिवेशनको नयाँ मिति तय गर्दै कार्यतालिका बनाए सार्वजनिक गरेको छैन् । निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार नयाँ कार्यतालिकाको खाका तयार भए पनि निर्णय हुन बाँकी भएकोले आज मात्र सार्वजनिक गर्न लागिएको हो ।

    यसअघि मंसिर ९ गतेदेखि १३ गतेसम्म गर्ने भनिएको महाधिवेशनको कार्यतालकाअनुसार तल्लो तहको अधिवेशन प्रभावित भएपछि मिति सारिएको हो । मंगलबार कांग्रेस पदाधिकारीसहित बसेको निर्वाचन समितिको बैठकमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्रै महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउन निर्वाचन समितिलाई म्यान्डेट दिनुभएको थियो ।

    कांग्रेसले हालसम्म १३ जिल्ला अधिवेशन गरेको छ भने ४७ जिल्लामा पालिकासम्मको अधिवेशन गरेको छ । ६४ जिल्लामा वडा अधिवेशनको प्रक्रिया अघि बढाइसकेको कांग्रेसको प्रदेश–२ लगायत १३ जिल्लामा अधिवेशन प्रक्रिया नै शुरु हुन सकेको छैन । कांग्रेस निर्वाचन समितिका सदस्य घिमिरेका अनुसार अधिवेशन प्रक्रिया नै शुरु हुन नसकेका १३ जिल्लामा १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ ।

    निर्वाचन समितिका अनुसार कात्तिक ३० गते पालिका अधिवेशन र मंसिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश क्षेत्रको अधिवेशन हुनेछ । मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको छ । नयाँ कार्यतालिकाअनुसार मंसिर १६ र १७ गते सातवटै प्रदेशको अधिवेशन गरिने छ । दुई वर्षअघिदेखि महाधिवेशनको तयारीमा जुटेको कांग्रेसले योसमेत गरी हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु