• प्रतिनिधि सभाको बैठक आज दिउँसो २ बजे बस्ने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार ०७:५९

    काठमाडाैँ । प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो ।

    यसअघि कात्तिक ९ गतेका लागि बैठक राखिए पनि आजका लागि सारिएको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कात्तिक ९ मा पालिका अधिवेशन गर्ने भएपछि प्रतिनिधि सभा बैठक त्यस दिन नगरेर आजका लागि सारिएको थियो ।

    संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गर्ने सम्भावित कार्यसूची छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु