• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    अबदेखि भाटभटेनी डिपार्टमेन्टल स्टोर्समा पनि क्यूआर मार्फत डिजिटल भुक्तानी गर्न सकिने, गभर्नर अधिकारीले भन्नुभयो ः डिजिटल भुक्तानीमा नयाँ क्रान्ति

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार १८:२९

    काठमाडौं ।नेपालको अग्रणी सपिङ सेन्टर भाटभटेनी सुपर मार्केटमा अबदेखि फोनपे मार्फत क्यूआर स्क्यान गरेर सामान खरिदको रकम भुक्तानी गर्न सकिने भएको छ । यो सँगै यसअघि नगद वा कार्ड मार्फत खरिदको रकम तिनुपर्ने बाध्यता रहेकोमा अबदेखि उपभोक्ताले मोबाइलबाटै रकम भुक्तानी गर्न सक्ने भएका हुन् । बिहिबार टंगालस्थित भाटभटेनी सुपर मार्केटमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमबीच क्यूआर कोड उद्घाटन गर्नुभयो । भाटभटेनीमा प्रभु बैंक मार्फत क्यूआर स्क्यान राखिएको हो । यसमा भाटभटेनीमा बिलिङका लागि प्रयोग भएको आइएमएस सफ्टवेयरमा समेत फोनपेको सिस्टम अपग्रेड गरिएको छ । जसबाट इसेवा वा फोनपेको सञ्जालमा आवद्ध बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप तथा आइएमई पे तथा सेलपेबाट स्क्यान गरेर रकम भुक्तानी गर्न मिल्छ ।
    कार्यक्रममा बोल्दै गअर्नर अधिकारीले डिजिटल कारोबारको यो अभियान सफल बनाउने श्रय फोनपे र बैंक तथा वित्तीय संस्थालाई दिनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो‘ “क्यूआर अभियान सुरू भएको १ वर्ष बित्दा नगद कारोबार कम हुँदै गएकोे छ । डिजिटल नेपाल बनाउने अभियानमा भाटभटेनी पनि थपिएको छ ।”
    यस्तै कार्यक्रममा फोनपेका अध्यक्ष विश्वास ढकालले डिजिटल कारोबारको अभियानमा भाटभटेनिकोसँगको सहकार्य अर्को कोशेढुंगाा बन्ने बताउनुभयो ।
    यस्तै भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरूङले नगदरहित भुक्तानीलाई प्रबर्द्धन गर्न छुटको अफर पनि दिइएको बताउनुभयो । २ वर्षभित्र कुल कारोबारको ७५ प्रतिशत क्यूआरबाट बनाउने भाटभटेनीको योजना रहेको उहाँको भनाई थियो । उहाँले अहिले २० वटा आउटलेटबाट दैनिक ४० हजार जना ग्राहकलाई मौखिक रूपमा क्यूआर र यसको लाभबारे जानकारी गराइरहेको गुरूङले सुनाउनुभयो ।
    डिजिटल नेपालको परिकल्पना गर्दै दुईवर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजार भन्दा बढि मर्चेन्ट पुगेका छन् । बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपे मार्फत कारोबार गर्दै आएका छन् । दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान(एऋक्ष् म्क्क् खघ।द्द।ज्ञ० प्रमाणीकरण प्राप्त संस्था हो ।
    कम्पनीले सेवा सुरू गर्ने वित्तिकै कोभिड १९ महामारिका कारण लामो समय लकडाउनमा बस्नुपरेपनि विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा मर्चेन्टको संख्या बढाउन सफल भएको हो । हाल फोनपेको क्यूआर मार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोड भन्दा माथिको कारोबार हुँदै आएको छ । यस्तै अन्तरबैंक रकम ट्रान्स्फर, फोनपे डाइरेक्ट गरि दैनिक एक अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ ।
    फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो जसले ग्राहक, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ । फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुचमा पुर्याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु