• कोरोना संक्रमित हुनेको संख्या निरन्तर घट्दै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार १९:५५

    काठमाडौं । नेपालमा पछिल्ला केहि सातायता कोरोना संक्रमित हुनेको संख्या निरन्तर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ३५५ नमुना परीक्षणमा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    आज काठमाडौंमा १५७ ललितपुरमा ३० र भक्तपुरमा १२ गरी उपत्यकामा १९९ जना संक्रमित थपिएका छन् । मन्त्रालयको तथ्यांक अनुसार बुधवारको तुलनामा उपत्यकामा संक्रमितको संख्या घटेको छ भने काठमाडौंमा केही बढेको छ ।

    आज थपिएका ५९१ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ९ लाख ५ हजार ७०६ पुगेको छ । हाल देशैभरी सक्रिय संक्रमितको संख्या १० हजार २३६ रहेको छ । ती मध्ये होम आइसोलेसनमा ९,४१४, र संस्थागत आइसोलेशनमा २४८ जनाको उपचार भइरहेको छ ।

    त्यसैगरी आज निको भएका ६६४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ८९ हजार ७८९ रहेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

    मन्त्रालयका अनुसार आज थपिएका २ जनासँगै नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ । त्यसैगरी हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा २४८ र भेन्टिलेटरमा ८१ जनाको उपचार भइरहेको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख १ हजार ४७५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

    यो संगै नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या १ करोड ५५ लाख २० हजार ८८० पुगेको छ । ती मध्ये पहिलो मात्रा खोप ८६ लाख ५५ हजार २१५ जना र ६८ लाख ६५ हजार ६६५ जनाले दुवैमात्रा खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु