• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    जुडो दिवस मनाइयो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार २०:०६

    काठमाडौं, कात्तिक ११ गते ।
    नेपाल जुडो संघले विभिन्न कार्यक्रम गरी विश्व जुडो दिवस बिहीबार मनाएको छ । अक्टोबर २८ तारिखका दिन अन्तर्राष्ट्रिय जुडो महासंघ (आईएसजेएफ) मा आबद्ध करिब २ सय ५ देशमा कार्यक्रम गरी विश्व जुडो दिवस मनाउने प्रचलन रहेको जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।
    सोही क्रममा जुडो संघले नयाँ बजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) कार्यक्रम आयोजना गरेको हो । त्यस अवसरमा एमएमएसी, बन्दी सहायता गृह (पाम) र नेपाली सेनाको क्लोज प्रोटेक्सनका खेलाडीहरुले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।
    जुडो आबद्ध विभिन्न जिल्ला र क्लबलाई पनि कार्यक्रम आयोजना गरी विश्व जुडो दिवस मनाउन जानकारी गराइएको महासचिव श्रेष्ठले जानकारी गराए । जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य भने जुडोकै कार्यक्रमको सिलसिलामा पोर्चुगलमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् । उनी आजै स्वदेश फर्किने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु