• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    किर्तिपुरमा आरोग्य सप्ताह सुरु, आज निःशुल्क परीक्षण गरिने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार ०९:०८

    नमराज भट्ट
    काठमाडौँ, १२ कार्तिक

    त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल कृतिपुरले आरोग्य सप्ताह २०२१ आयोजना गरेको छ ।

    धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवश २०७८ को अवसरमा आरोग्य सप्ताह आयोजना गरिएको क्याम्पस प्रमुख सह-प्राध्यापक डा. शिवमंगल प्रसादले जानकारी दिनुभयो ।

    सप्ताहको उद्घाटन आयुर्वेद क्याम्पस परिसर किर्तिपुरमा किर्तिपुर नगरपालिकाकी उप मेयर सरस्वती खड्काले गर्नु भएको थियो । उद्घाटन समारोह पश्चात क्याम्पस परिसरमा सरसफाई एवं बृक्षारोपण कार्यक्रम भएको थियो ।

    उद्घाटन समारोहमा आयुर्वेद चिकित्सा परिषद नेपालका अध्यक्ष डा. सन्तोष कुमार ठाकुरले यस्ता कार्यक्रमले आयुर्वेद चिकित्साप्रतिको आकर्षण बढाउने विश्वास व्यक्त गर्नु भयो ।

    आरोग्य सप्ताह अन्तर्गत यही कार्तिक १२ गते आज शुक्रबार शिक्षण अस्पताल परिसर कृतिपुरमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क मधुमेह परिक्षण एवं रक्तदान कार्यक्रम हुने भएको छ ।

    त्यसैगरी कार्तिक १४ गते आइतबार अन्तर्राष्ट्रिय वेबिनार, १५ गते सोमबार राष्ट्रिय स्तरको पोष्टर प्रतियोगिता र १६ गते धन्वन्तरी पूजा एवं समापन कार्यक्रम रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु