दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आरडब्लू च्याम्पियनसिपको तयारी पुरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक १२ गते, शुक्रबार १९:२६

दोलखा । दोलखाको चरिकोटमा हुने पहिलो संस्करणको ‘हाइ अल्टिच्युड’रिङ रेस्लिङ (आरडब्लू) प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक प्रदेश खेलकुद विकास परिषद बागमती र नेपाल रिङ रेस्लिङ एसोसियसनले शुक्रबार पत्रकार भेटघाट गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएका छन् ।
प्रतियोगितामा सहभागी हुन खेलाडी शुक्रबार आयोजना स्थल पुगेका छन् । सम्पूर्ण खेलाडीलाई पूर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल सहितका जिल्लाका अधिकारीले फुल माला सहित स्वागत गरेका थिए । स्वागत कार्यक्रममा पूर्व पर्यटन मन्त्री पोखरेल सहित जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित खड्का, जिल्ला उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष सुन्दर कार्की, विभिन्न खेलकुद संघका पदाधिकारी उपस्थित थिए । खेलाडीको स्वागत गर्दै पूर्व पर्यटन मन्त्री पोखरेलले अन्तराष्ट्रिय स्तरमा लोकप्रिय खेलको आयोजनाबाट जिल्लाको खेलकुदसँगै पर्यटन विकासमा समेत टेवा पुग्ने बताए ।
खेलकुदसँगै पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले पहिलो पटक आयोजना हुन लागेको रेस्लिङ शनिबार दिउँसो सञ्चालन हुदैछ । दोलखा चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा हुने प्रतियोगितामा देशभरका उत्कृष्ट रेस्लरले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगिताका लागि मञ्चदेखि रिङ व्यवस्थापन लगायतका सम्पुर्ण काम सकिएको बताईन् ।‘मञ्च व्यवस्थापनदेखि रिङ व्यवस्थापनको काम सकिएको छ । सबै खेलाडी कार्यक्रम स्थलसम्म आईपुगेका छन् । जिल्लावासीले खेलाडी र यस खेललाई न्यायो स्वागत गर्नुभएको छ ।’महासचिव श्रेष्ठले भनिन् ।प्रतियोगितामा नुवाकोटे टाईगर, थागु, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, चटान, द युव, सिजे,एससी, जोन लगायत महिला तथा पुरुष रेस्लरले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा हेभी वेट च्याम्पियनले १ लाख ५० हजार रुपैयाँ, हार्डकोर च्याम्पियनले १ लाख २० हजार, मिडल वेट च्याम्पियनले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाईट वेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार रुपैयाँका साथ मेडल, प्रमाणपत्र प्राप्त गर्ने संघकी महासचिव श्रेष्ठले बताईन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु