• प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने र राजीनामा माग्नेबारे पार्टीमा कुनै छलफल नै भएको छैन् : डा. डीला संग्रौला

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार ०७:१७

    काठमाडौं, १२ कार्तिक । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डीला संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्नेबारे पार्टीमा कुनै छलफल नभएको स्पष्ट पारेकी छिन् ।

    शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको स्पष्ट पारेकीहुन् ।उनले भनिन्–‘हाम्रो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको छैन् । लोकतन्त्रको मूलभूत मान्यता भनेको स्वतन्त्र न्यायापालिका पनि हो । सर्वोच्च अदालतमा छलफल चलेका विषयमा कांग्रेसले कहिल्यै पनि हस्तक्षेप गर्दैन् । यो विषयमा गठबन्धन दलभित्र छिनोफानो गर्नुपर्छ । पार्टीले संस्थागत रुपमा यो विषयमा छलफल गरेको छैन् । संसदीय दलमा पनि यो कुरा छलफल भएको छैन् । व्यक्तिगत रुपमा भन्दा यो कुरा अदालतबाट टुँगो लगाउने वा संसद्बाट टुँगो लगाउने हो ? गठबन्धनमा छलफल होस ।’

    क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले न्यायापालिका जनताको आत्माको केन्द्रविन्दु भएको बताईन् । उनले भनिन्,‘न्यायापालिका स्वतन्त्र र निश्पक्ष हुनुपर्छ । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका शक्ति पृथीकरणअनुसार चल्नुपर्छ । हेर्नुहोस, सबै नेपाली जनताको आस्थाको केन्द्र सर्वोच्च अदालत नै हो । अहिले नेपाली जनतामा निराशा पैदा भएको छ ।’

    उनले सर्वोच्च अदालत स्वतन्त्र रहेको सुनाउँदै यसको दायराभित्र हस्तक्षेप गर्न नहुने पनि बताईन् । उनले भनिन्–‘विद्यमान समस्याको निरुपण त्यही क्षेत्रमा, त्यही मातहतमा बसेर खोजी गर्दा राम्रो हुन्छ। हरेक कुरामा राजनीति छिरायो भने राम्रो हुँदैन् । सबै पार्टीका नेतागणहरुले मुलुकको निकासको लागि खासगरी उहाँहरु राष्ट्रिय ईस्युको बारेमा एकमत हुनुपर्छ । छिटो गठबन्धन दलभित्र अहिलेको न्यायालयको निकासबारे छलफल हुनुपर्छ । यसको निरुपण संसदले गर्ने कि न्यायालयले ? भनेर छलफल हुनुपर्छ । यो समस्या यथास्थितिमा यथावत राख्दा ठूलो संकट आउँदैछ भनेर विज्ञहरु भनिरहेका छन् ।’

    सांसद संग्रौलाले जनताको आवाज बुलन्द पार्ने थलो संसद्को अधिवेशन भएको बताईन् । उनले भनिन्–‘जनताका यावत समस्या छन, त्यसको बारेमा हामीले आफ्ना कुरा राख्न पाएनौं । संसद् प्रतिपक्षीको हो । समाधानको लागि सभामुखले पहल पनि गर्नुभयो । समाधानको उपाय खोज्नुभयो । तर, प्रतिपक्षले विरोध गरिरह्यो । जनताका मुख बन्द भए । हाम्रा आवाज बन्द भए । हामीले केही नबोली यो संसद् अधिवेशन अन्त्य भयो ।’ उनले देशभरि हालै आएको बेमौसमी वर्षाको कारण किसानहरु ठूलो मारमा परेको र अरबौंको बाली÷नाली क्षति भएको उल्लेख गर्दै उनीहरुलाई मल्हम लगाउनेगरि सरकारले ५ अर्ब राहत दिने निर्णय गरेकोमा स्वागत गरिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु