• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    तिहारमा अत्यधिक चाहिने सयपत्री, मखमली फूलहरूको अभाव भने नहुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार ०७:२१

    काठमाडौं, कार्तिक १३। तिहार आउने क्रम सुरु हुँदै छ । जलवायु परिवर्तनका कारण आएको अस्वाभाविक वर्षाले धानबाली तथा अन्य बिरुवामा गम्भीर क्षति पु-याए पनि तिहारमा अत्यधिक चाहिने सयपत्री, मखमली फूलहरूको अभाव भने नहुने भएको छ ।

    मुलुक सयपत्री फूलमा आमनिर्भर हुँदै गएकाले पनि तिहारमा सयपत्री फूलको मालाको अभाव नहुने देखिएको हो । पछिल्लो समय किसानले सयपत्री फूललाई व्यावसायिक रूपमा खेती गर्न थालेपछि सयपत्री फूलमा मुलुक आमनिर्भर हँुदै गएको छ । फ्लोरीकल्चर एसोसिसन नेपालका महासचिव विश्वमणि पोखरेलले मागअनुसार ९० प्रतिशत सयपत्री फूल स्वदेशमै उत्पादन हुने गरेको बताए । उनले धेरै फूल नेपालमै उपलब्ध हुने भए पनि स्थानीय बजारको माग धान्न तिहारको समयमा मात्रै १० प्रतिशत फूल भारतबाट आयात गर्ने गरिएको बताए ।

    फूल व्यवसाय गर्ने कृषकलाई सरकारले बीउबिजन, फूल राख्ने मलहरूमा प्रभावकारी रूपमा सहयोग गरे आउने दुई÷चार वर्षभित्रमा नेपाल फूलमा शतप्रतिशत आत्मनिर्भर हुन सक्ने महासचिव पोखरेलको भनाइ छ । उनले हरेक वर्ष १५ प्रतिशतका दरले फूलको माग बढ्दै गएको बताए ।

    पछिल्लो समय फूल व्यवसाय गर्ने कृषक बढ्दै गएको भए पनि माग पनि बढ्दै जाँदा पूर्णरूपमा माग आपूर्ति गर्न सकेका छैनांै ।’ उनले भने, ‘यसपटक पानीले धेरै फूल खेतीमा असर पारेको हुँदा आन्तरिक उत्पादनले बजारको माग धान्न नसक्ने भएपछि भारतबाट २ लाख ३२ हजार सयपत्री फूलको माला आयात गर्नुपर्ने बाध्यता रहेको उनले जनाए ।

    गत वर्ष १ लाख ५३ हजार सयपत्री फूलको माला आयात गर्नुपरेको थियो । गत साता आएको अविरल वर्षाका कारण तराई क्षेत्रमा लगाएको फूल खेतीमा करिब ४० प्रतिशत क्षति भएको छ । त्यसकारण पनि भारतबाट गत वर्षभन्दा केही धेरै माला आयात गर्नुपरेको हो ।

    महासचिव पोखरेलले कोरोनाका कारण पनि फूल व्यवसायमा ठूलो असर परेको बताए । कोरोनाका कारण १५ प्रतिशत व्यवसायीले खेती नगरेर त्यसै बसेको उनको भनाइ छ । उनले कोरोनाको असर नभएको भए यो वर्षमा ३ अर्बभन्दा बढीको फूलको कारोबार गर्ने लक्ष्य राखिएको बताए ।

    विगतका वर्षहरूमा ठूलो परिमाणमा भारतबाट सयपत्री फूल माला आयात गरिन्थ्यो तर अहिले त्यो क्रम निकै घटेको व्यवसायीले बताएका छन् । तिहारको समयमा स्थानीय बजारमा ठूलो माग हुने हुँदा र चिसो समयमा नेपालमा धेरै फूल उत्पादन नहुने हुँदा भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । नेपालमा ६० प्रतिशत सयपत्री फूलको प्रयोग हुने गरेको छ ।

    प्लोरिकल्चर एसोसिसन नेपालका अनुसार यस वर्षको तिहारमा साढे १८ लाख फूल मालाको माग रहने अनुमान गरिएको छ । राजधानी दैनिकबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु