बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)आज बैशाख ४ गते मंगलबार यस्तो छ तपाईंको आजको राशिफलतेक्वान्दो प्रशिक्षक एबम राष्ट्रिय रेफ्री जगन अधिकारीलाई राष्ट्रिय लोक सांस्कृतिक संघले सम्मानआइओएफटिसी नेपाल २०२४ स्थापनापलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्नेयुवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलनबाट पारित प्रस्ताव सार्वजनिक, एमसीसीविरुद्ध निरन्तर संघर्ष गर्ने उद्घोषPak Embassy hosts reception to celebrate 84th National Dayश्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा निमन्त्रणाआज बैशाख ३ गते सोमबार यस्तो रहेको छ तपाई राशिफलसंस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ हुदै

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनको उद्घाटनपछि सिधै उम्मेदवारी दर्ता र मतदान हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक १३ गते, शनिबार ०७:३२

काठमाडौं, कार्तिक १३। प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) १०औं महाधिवेशनको उद्घाटनपछि सिधै उम्मेदवारी दर्ता र मतदान हुने भएको छ । अधिवेशनमा कुनै दस्तावेजमाथि छलफल हुनेछैन ।

हालै सम्पन्न एमालेको प्रथम विधान महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान प्रस्तावमा छलफल भएको थियो । एमाले नेता काशीनाथ अधिकारीले १०औं महाधिवेशनमा कुनै दस्ताबेज प्रस्तुत नहुने बताए ।

‘यो महाधिवेशनमा कुनै दस्तावेज पेस हुनेछैनन् । हामीले विधान महाधिवेशनमा सबै दस्ताबेज पारित गरिसकेका छौं । महाधिवेशनमा उद्घाटनपश्चात् बन्द सत्र सुरु हुने र निर्वाचन प्रक्रिया अघि बढनेछ’ अधिकारीले भने ।

महाधिवेशनमा नेतृत्व चयन गर्ने सवालमा सर्वसम्मत प्रयास हुने र त्यसो हुन नसकेको अवस्थामा इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने व्यवस्था भएको उनले बताए । प्रथम विधान महाधिवेशनमा सबै दस्ताबेजमाथि छलफल भएको र सो विधान महाधिवेशनले नीतिगत विषयमा निर्णय गरिसकेको उनले बताए । अब नेतृत्व चयनमै महाधिवेशन केन्द्रित हुने अधिकारीले बताए । यद्यपि अध्यक्षको तर्फबाट एउटा सानो आकारको राजनीतिक प्रतिवेदन आउन सक्ने उनले बताए ।

महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुनेछन् । शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा सदस्यले प्रतिनिधि संख्या बढाउन सुझाव दिएपछि स्थायी कमिटी बैठकले गरेको निर्णयमा संशोधन गरिएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधि संख्या बढाउने निर्णय गरेको हो । एमाले सचिव प्रदीप ज्ञवालीले महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुने बताए ।

यसअघि बसेको स्थायी कमिटी बैठकले १५ सय ३६ प्रतिनिधि सहभागी हुने निर्णय गरेको थियो । विभिन्न मापदण्डका आधारमा यी प्रतिनिधि चुनिने व्यवस्था गरिएको छ ।

यसैबीच २७ कात्तिकमा देशैभरि एकैचोटि महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्णय एमालेले गरेको छ । २७ कात्तिकमा देशैभरि एकै दिन महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने निर्णय बैठकले गरेको सचिव ज्ञवालीले बताए ।

एमाले सचिव ज्ञवालीले स्थायी कमिटीको बैठकले गरेको निर्णयमा संशोधन गर्दै केन्द्रीय कमिटीले गरेको निर्णयअनुसार महाधिवेशनमा प्रतिनिधि सभहभागी हुने बताए । केन्द्रीय कमिटीको अर्को बैठक चितवनमा महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन बस्ने निर्णय गरिएको छ ।

बैठकले महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना थपेर २३ सदस्यीय बनाएको आजको राजधानी दैनिकमा खवर छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु