• अबिरल तामाङको ‘लानी धिनी बजारमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार १९:३७

    काठमाडौँ । तामाङ सोसाइटी अफ अस्ट्रेलियाका उपाध्यक्ष अबिरल तामाङको पहिलो भिडियो एल्बम ‘लानी धिनी’ बजारमा आएको छ । अबिरल तामाङको आफ्नै युटुब च्यानल मिनशेङस प्रोडक्सनबाट उक्त गीत सार्वजानिक गरेका छन ।

    अस्ट्रेलियामा रहेर समाजसेवामा सकृय तामाङ यस भिडियोले दर्शक र स्रोताको मन जित्नेमा विश्वस्त छन ।गीतमा उनै समाजसेवी अबिरल तामाङको शब्द, जोगलाल लामाको संगीत र संगीत संयोजन,पहिलो नेपाली तारा सन्तोष लामा र गायिका सिर्जना स्याङ्तानकोआवाज रहेको छ । दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतलाई सरगम रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।म्युजिक भिडियोमा नायक कुमार मोक्तान र नायिका सिता लामाको अभिनय रहेको छ।

    उक्त गीतको म्युजिक भिडियोलाई काभ्रे,सिन्धुली लगायतका रमनिय स्थलमाछायांकन गरेका हुन । उक्त म्युजिक भिडियोलाई त्रिलोक लामाले छायांकन,सुर्य लामाले सम्पादन, निर्देशन, कलर, ड्रोन छायांकन गरेका हुन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु