• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    ब्याडमिन्टन सुरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार १९:४४

    काठमाडौं, कात्तिक १३ गते ।
    नागेश्वरी युवा क्लबको आयोजनामा बूढानीलकण्ठ नगरपालिका वडा १२ स्तरीय ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
    कपनको फैकास्थित हिमाल ब्याडमिन्टन हलमा भइरहेको प्रतियोगितामा पुरुष सिंगल्स र डबल्स स्पर्धा समावेश गरिएको प्रतियोगिता संयोजक प्रजापति दाहालले जनाएका छन् । सिंगल्समा १० र डबल्समा १७ जोडी सहभागी छन् ।
    बूढानीलकण्ठ नगरपालिका वडा १२ कार्यालय मुख्य प्रायोजक रहेको प्रतियोगितामा सिंगल्सतर्फ पहिलो हुनेले ८ हजार र दोश्रोले ४ हजार नगद पुरस्कार पाउने छन् । डबल्सका विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
    प्रतियोगिताको वडा १२ का अध्यक्ष शम्भुप्रसाद भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता सोमबारसम्म चल्ने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु