• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    हिकास र आरआरसि का बीच आपसी सहयोग र सहकार्यका लागि सहमतिपत्रमा हस्ताक्षर

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार २१:२४

    काठमाडौं – काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्ट्स अन्तर्गत सञ्चालित हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) र महेश-संस्कृत-गुरुकुल अन्तर्गत सञ्चालित रामानन्द-अनुसन्धान-केन्द्र (आरआरसि) का बीच आज सहमतिपत्र एम.ओ.यु मा हस्ताक्षर भएको छ । आपसी सहयोग र सहकार्यका लागि हिकास र आरआरसि बिचा सहकार्य भएको हो ।

    पौरस्त्यभाषा, पूर्वीय दर्शन, साहित्य, संस्कृति र हिमाली सभ्यता जस्ता विषयमा संयुक्त रूपमा अध्ययन अनुसन्धान गर्ने र प्राचीन अभिलेख, पाण्डुलिपि एवं योग आयुर्वेद, परम्परागत चिकित्सा विधि जस्ता व्यवहारोपयोगी विषयमा संयुक्त रूपमा अध्ययन अनुसन्धान गर्न दुबै पक्ष सहमत हुँदै साम्झौता गरेका छन्।

    काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा र महेश-संन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिको विशेष उपस्थिति रहेको कार्यक्रममा हिमालय सेन्टर फर एसियन स्टडिजका तर्फबाट सुश्री एक्कुमाया पुन एवं रामानन्द-अनुसन्धान-केन्द्रका तर्फबाट सहप्रा.डा. गुरुप्रसाद सुवेदीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

    प्राविधिक क्षेत्रमा फड्को मारिरहेको काठमाण्डौ विश्वविद्यालय र आध्यात्मिक दर्शनको क्षेत्रमा अग्रणी भूमिकामा रहेको महेश संस्कृत गुरुकुलले आपसमा सहयोगको आदान प्रदान गर्नेछन् ।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, काठमाडौं विश्वविद्यालयका रजिष्टार प्रा.डा. सुबोध शर्मा, संस्थापक रजि. प्रा.डा. सीताराम अधिकारी, पूर्व रजिष्टार भद्रमान तुलाधर, प्रा.शिवगोपाल रिसाल, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला एवं डा. चिन्तामणि योगीको समेत उपस्थिति थियो ।

    नेपालमा गुरुकुल शिक्षाका अभियन्ता एवं महेश संन्यास आश्रमका संस्थापक श्री१००८ डा. स्वामी रामानन्द गिरिज्यूको संस्मरणका साथ सञ्चालन गरिएको यस कार्यक्रममा वक्ताहरूले आध्यात्मिक क्षेत्रमा स्वामीज्यूले दिनुभएको विशिष्ट योगदानको चर्चा गरेका थिए । यस अवसरमा रामानन्द रिसर्च सेण्टर (आरआरसि) द्वारा प्रकाशित प्रा.डा. विद्यानाथ कोइरालाको कृति पुर्ख्यौली विज्ञानको विमोचन समेत गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु