• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    तामाङ समाज अमेरिकाको सल्लाहकारमा अक्कल बहादुर तामाङ मनोनीत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ कार्तिक २०७८, आईतवार ०८:०४

    न्युयोर्क।तामाङ समाज अमेरिकाको सल्लाहकारमा वरिष्ठ समाजसेवी
    युवा व्यवसायी अक्कल बहादुर तामाङ मनोनीत भएका छन् ।

    समाजको २०२१ अक्टोबर १६ मा बसेको पुर्ण बोर्ड मिटिङको निर्णय अनुसार सामाजिक अभियन्ता अक्कल तामाङ, गायिका रचनाकार तथा समाजसेवी सृजना स्याङ्दान तामाङ र म्हेन्दोमाया तामाङ सस्कृतिका संरक्षक टेक मान तामाङ गाल्देनलाई समाजका अध्यक्ष बिनिता तामाङले खादा तथा प्रमाणपत्रले सम्मान गर्नु भएको थियो ।

    अमेरिकामा रहेका सम्पुर्ण तामाङ समुदायलाई एकीकृत गर्दै र विश्व भररहेका तामाङ समाजलाई गोलवद्ध गर्न अग्रणि भुमिका निर्वाह गर्नुका साथै प्रत्येक तामाङ समुदायको सुख दु:खमा सहभागी तथा सहकार्य गर्ने,तामाङ कला सस्कृतिको जगेर्ना,सम्वर्दन तथा प्रवर्द्धन गर्ने,शिक्षामा पहुँच पुर्याउन पहल गर्ने,आर्थिक समृद्धिको लागि विशेष योजना र सहयोग गर्ने जस्ता अनगिन्ती उद्देश्य सहित स्थापना भएको तामाङ समाज अमेरिकाले स्थापना कालदेखि नै सामाजिक कार्यमा अग्रणी भुमिका निर्वाह गर्दै आएको र समाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्वहरु सल्लाहकारको रूपमा पाइएकोले अझै धेरै उद्देश्यमा काम गर्न सकिने कुरामा अझ बढी विश्वस्त भएको कुरा सस्थाका संरक्षक लुइसाङ वाइबाले बताउनु भएको छ ।


    समाजको महासचिव राजु तामाङले सन्चालन गर्नु भएको कार्यक्रम समाजको अध्यक्ष बिनिता तामाङको सभापतित्वमा शुरु भएको थियो ।कार्यक्रमको समापन गर्दै अध्यक्ष बिनिता तामाङले समाजले अभिभावकको रुपमा विशिस्ट व्यक्तिहरु पाएको र अबको यात्रामा समाजको हरेक पाइलामा टेवा पुग्ने हुनाले आफुलाइ गर्व लागेको कुरा व्यक्त गर्नु भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु