• निशाको पन्छी बनि उड्ने रहर ( भिडियो )

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ कार्तिक २०७८, आईतवार १३:३०

    काठमाडौं– तिहारको कोसेली स्वरूप गायिका निशा निशा कँडेलले ‘पिरतीको खुल्ला आकाशमा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।

    रोमाण्टिक भर्सनको यस गीतमा रमेश दहालको शब्द रहेको छ भने टिका दहालले गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ। अभि लामाले कोरियोग्राफी गरेको भिडियोमा स्वयम् गायिका निशा कँडेल फिचर्ड छिन्। फराज अर्पणको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।

    लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई गायिका कँडेलको आधिकारिक च्यानल निशा कँडेल मार्फत भिडियो सार्वजनिक गरिएको हो। यसअघि गायिका कँडेलकोको स्वरमा तस्विर, म के भनु, नेपाली छोरी’ सधैलाई सार्वजनिक भैसकेका छन्।

    भिडियो लिंक:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु