दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टेबल टेनिस तालिम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक १४ गते, आईतवार १९:२२

काठमाडौ ।अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को सहयोगमा अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित महिला जुनियर टेबलटेनिस तालिम सम्पन्न भएको छ ।
लैगिक जनचेतना, भविष्यमा महिला नेतृत्वका लागि प्रेरित गर्नेलगायतका उद्देश्यसहित आईटीटीएफको पाइलट प्रोजेक्ट ‘माइ जेन्डर, माइ स्ट्रेन्थ’ अन्तर्गत सञ्चालित तालिम काठमाडौं र विराटनगरमा सञ्चालन गरिएको थियो । दुवैमा समान २६–२६ खेलाडीको सहभागिता रहेको टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले जनाएका छन् ।
विश्वका १५ राष्ट्रमा यस प्रकारको तालिम पहिलो पटक आयोजना गरिएको कार्यक्रम संयोजक टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जानकारी गराए । विराटनगरमा विकेन थापालाई जिम्मेवारी दिइएको थियो ।
काठमाडौंमा सन्ध्या शाक्य, मुना बासुकला, तेजेन्द्रसिंह महरा, रिता प्रजापति, सुलोचना सिजाख्वाः, नरेश रावल, गीता शाह र नविता श्रेष्ठले खेललगायत विविध पक्ष बारे सहभागीलाई प्रशिक्षण दिएका थिए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सात दिने तालिममा सहभागीहरुको प्रतियोगिता समेत आयोजना गरिएको थियो । सहभागीलाई संघीय सांसद नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।
उक्त कार्यक्रमपछि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा स्थापना गरिएको दक्षिण एसियाली टेबलटेनिस संघको कार्यालयको पनि अध्यक्ष श्रेष्ठले उद्घाटन गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु